खोटाङ । खोटाङस्थित साकेला गाउँपालिकामा बुधबार समाजवादी पार्टीको ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)’ सम्पन्न भएको छ ।

गाउँपालिका केन्द्र मानेभञ्याङको सामुदायिक भवनमा भएको कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राईले विसु अभियानको उद्देश्य, पार्टीको सिद्धान्त, नीति, विचार र समसामयिक राजनीतिक घटनाबारे प्रशिक्षणसहितको विचार राखेका थिए ।

समाजवादी पार्टी साकेला गाउँपालिकाका अध्यक्ष जयकुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजवादी पार्टी खोटाङ जिल्लाका उपाध्यक्ष मणि राई र नैनबहादुर कटुवालले पनि समाजवादीको नीति र विचारबारे प्रकाश पारेका थिए ।

साकेला गाउँपालिकानिवासी रहेका केन्द्रीय सदस्य राईले बुधबारको कार्यक्रमले गाउँपालिकाको पाँच वटै वडा र टोल–टोलसम्म संगठन विस्तारको कार्ययोजना तय गरेको बताए ।

उनका अनुसार आगामी फागुन १८ देखि चैत ९ गतेसम्म सबै वडा र टोलमा विसु अभियान चलाइने छ ।

साकेला गाउँपालिकाकाे विसु अभियान

बुधबार नै खोटाङको हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा पनि विसु अभियानको कार्यक्रम भएको छ ।

यसअघि मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपीलासगढी गाउँपालिका र बराहपोखरी गाउँपालिकामा विसु अभियानको कार्यक्रम भएको थियो ।

केन्द्रीय सदस्य राईका अनुसार रावाबेसी गाउँपालिकामा फागुन ९ गते कार्यक्रम हुनेछ भने दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा कार्यक्रमको मिति तय हुन बाँकी छ ।

समाजवादी पार्टीले हाल देशभरि नै तिन महिने विसु अभियान चलाइरहेको छ । समाजवादीको विसु अभियान चैतसम्म चल्नेछ ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here