काठमाडौं । समाजवादी पार्टीले बेलायतमा बस्दै आएका भगवान चाम्लिङ राईलाई प्रवास विशेष समितिको सहइन्चार्ज बनाएको छ ।

समाजवादी पार्टीको गत माघ १८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेका राईलाई सहइन्चार्जको जिम्मेवारी दिन निर्णय गरेको हो ।

खोटाङ पुख्यौली घर भएका राई भुतपूर्व बेलायती सैनिक हुन् । सपरिवार बेलायत नै बस्दै आएका उनले त्यही पार्टीको काम गर्दै आएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here