काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्तर्राष्ट्रि मातृभाषा दिवस (फेब्रुअरी २१)को अवसरमा वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय मातृभाषा पुरस्कार–२०७६’ले सम्मान गर्ने भएको छ ।

आगामी आइतबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा विहान ११ बजे औपचारिक कार्यक्रमको आयोजना गरी जोशीलाई सम्मान गर्ने तयारी गरिएको प्रतिष्ठानका अधिकृत दिवस राईले बताए ।

उनको सम्मान कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ प्रमुख अतिथि हुनेछन् ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here