काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले अब प्रतिनिधिसभाको बैठकमा बस्न पाउने भएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी संसदमा गराएका छन् ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा गत असोज १९ गते महरा पक्राउ परेका थिए । उनी गत कात्तिक १८ गते पुर्पक्षका लागि डिल्लीबजार जेल चलान भएका थिए ।

उनलाई सोमबार मात्र जल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here