काठमाडौं । टीकापुर घटनामा दोषी ठहर गरी जेलमा राखिएका सांसद रेशम चौधरी लगायत थारुहरुलाई जेलमुक्त गर्ने लगायत १४ बुँदे माग राखेर ५ दिनदेखि आमरण अनशन बसिरहेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।

उनलाई हाल उपचारका लागि सुदुरपश्चिम प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ ।

मोर्चाका प्रवक्ता मिनराज थारुले लक्ष्मणलाई भर्खरै अस्पताल भर्ना गरिएको बताए । डा. जगदिश जोशीको टीमले उनकाे उपचार गरिरहेकाे छ ।

मोर्चाले आफूहरुको माग सम्बोधन गर्नका लागि सरकारलाई १५ दिनको अल्टिमेटम दिएको थियो ।
र सो पछि पनि आफूहरुको माग पुरा नभएको भन्दै लक्ष्मण थारुले गत फागुन १ गतेदेखि आमरण अनशन थालेका थिए ।

सरकारले भने थारुहरुको मागप्रति चासो देखाएको छैन ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसदमै उक्त आन्दोलनको कुरा उठाएकी थिइन् ।

तर, थारुहरुको माग र आन्दोलनप्रति भने हिजो मात्र जनमत पार्टीका संयोजक डा सिके राउतले अनशनस्थलमै पुगेर ऐक्यवद्धता जनाएका थिए ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here