काठमाडाैं । पूर्वसभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफाइ पाएका हुन् ।

जिल्ला अदालत काठमाडौंमा आइतबार नै दुवै पक्षको बहस सकिएको थियो । तर, फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

संसद सचिवालयकी महिला कर्मचारी राेशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा थिए ।

 

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here