हङकङ । पहिलो नेपाल आईडल टप ७ प्रमिला राईको स्वर रहेको ‘प्रश्न ! लुकेका कुरा’ गीतमा भिडियो निर्माण भएको छ ।
चर्चित निर्देशक युगल पोमो लिम्बुले भिडियोलाई निर्देशन गरेका छन् ।

समलिङ्गीको प्रेम, इमोशन र मानसिक द्वन्द्वलाई भिडियोको थिम बनाइएको छ ।

‘करिब एक हप्ता लगाएर हामीले छाँयाङ्कन गर्यौ,’ निर्देशक पोमो भन्छन्, ‘चलिरहेको प्रेमील भिडियोभन्दा पृथक थिममा काम गर्न च्यालेञ्ज थियो तर दर्शकका लागि हिडन इमोशनलाई पात्रहरुको माध्यमबाट भिडियोमा उतार्दा खुसी लागिरहेको छ ।’

सयौं म्युजिक भिडियो निर्देशन हुँदै नेचर गाईमार्फत चलचित्र निर्देशनमा होमिएका पोमोले हङकङको लोकेशनमा दुई दर्जन भिडियो निर्देशन गरिसकेका छन् ।

मज्जाको प्रडक्सन हङकङको ब्यानरमा निर्माण गरिएको भिडियोलाई मज्जाको राईले खिचेका हुन् ।

ओम गुरुङ, ट्रेसी राई, दिनेश खत्रीको अभिनय रहेको भिडियोलाई अनिल के महर्जनले सम्पादन गरेका छन् । गीतमा रेज लिम्बुको शब्द, संगीत रहेको छ ।

हङकङको विभिन्न पर्यटकीय स्थलहरुमा भिडियोको छायाङ्कन गरिएको छ ।

हामीले लगानीमा सम्झौता गरेनौ, निर्माता तथा सिनेमेटोग्राफर मज्जाको राई बताउँछन् ।

उनले भने, ‘हङकङको ब्यस्त समयमा पनि निरन्तर भिडियोको थिमलाई न्याय दिनका लागि कोसिस गरेका छौ, दर्शकहरुको सकारात्मक प्रतिक्रियाले उर्जा मिलेको छ ।’

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here