दार्चुला । सुदुरपश्चिम प्रदेशकाे दार्चुलास्थित नौगाड गाउँपालिकामा स्वास्थ शिविर सम्पन्न भएकाे छ ।

संघीय सांसद र प्रदेश सांसदहरुले उद्घाटन गरेकाे उक्त शिविरले गाउँपालिकाबासीमा ठूलाे राहत भएकाे छ । स्वास्थ्य शिविर फागुन १ र २ गते गाउँपालिकाकाे आयोजनामा भएकाे हाे ।

जसमा विभिन्न ठाउँबाट २५ जनाको विशेषज्ञ चिकित्सकहरुको टोली खटिएकाे गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

जसमा करिब ३ हजार जनताले सेवा लिएका छन् ।

सेवा लिनेमा विशेष गरी महिला र वृद्धवृद्धा धेरै छन् । दाँतको मात्र करिब ६ सय जनाले सेवा लिएका छन् । दाँतको सफल उपचारपश्चात् एक स्थानीयले सही जनप्रतिनिधिलाई भोट दिएका रहेछाै भन्दै खुसी व्यक्त गरे ।

2 COMMENTS

  1. उत्कृस्ट कार्य को लागि सिङ्गो गाउपालिका लाई हार्दिक बधाइ

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here