काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले लिम्बुवान र किरात पक्षधर एकजुट भएकोले अब प्रदेश १ मा उच्चस्तरको आन्दोलन हुने बताएका छन् ।

शनिबार ‘लिम्बुवान किरात संयुक्त संघर्ष समिति’ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा लिङदेनले सो कुरा बताएका हुन् ।

‘लिम्बुवान र किरात पक्षधर एकजुट भएर अघि बढ्यौ भने केही न केही हुन्छ,’ लिङदेनले भने, ‘अहिले हामी एकजुट भएका छौं, अब प्रदेश १ मा उच्चस्तरको आन्दोलन हुन्छ ।’

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसमा सबै लिम्बुवानविरोधी मात्र नभएको बताए ।
नेकपा र कांग्रेसमा पनि लिम्बुवा पक्षधर भएको र उनीहरु अहिले आपूmहरुसँगै आएकोले अब प्रदेशमा आन्दोलन उठ्ने लिङदेनले बताए ।

उनले शासकले भने प्रदेश १ मा राई र लिम्बुहरुलाई बझाएर उनीहरुको भाग आपूmले खाएको बताए ।

प्रदेश ४ मा मगर र गुरुङलाई, प्रदेश ३ मा नेवार र तामाङ र प्रदेश १ मा राई र लिम्बुलाई बझाउने प्रयास शासकबाट भइरहेको उनले बताए ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here