काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उचित समय र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् ।

शनिबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रधानमन्त्रीलाई केही सांसदहरुले राखेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘संविधान संशोधनको औचित्य समाप्त भएको हो ? भनेर मान्यज्यूहरुले प्रश्न गर्नुभो,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन आवश्यक छ । उचित समयमा औचित्यका आधारमा संविधान संशोधन हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफ्नाे दुई वर्षे कार्यकालको सफलताका कुरा बताउँदै संविधान स्वीकार्य भइसकेको बताएका थिए ।
उनको उक्त भनाइप्रति सांसद सरिता गिरी र महेन्द्र राय यादवले प्रश्न गरेका थिए ।

यादवले समाजवादी पार्टीसँग सरकारले गरेको दुई बुँदे सहमतिले नै संविधान संशोधन आवश्यक भए नभएको प्रष्ट पारेको बताएका थिए ।

सांसद गिरीले भने कैलालीमा आन्दोलनरत थारुहरुको बारेमा प्रधानमन्त्रीले केही चासो नदिएको बताएकी थिइन् ।

प्रतिनिधिसभाको बैठकमा एमसीसी, बालुवाटार जग्गा प्रकरण, यति होल्डिङ, सिमा विवाद, भ्रष्टाचार र विकास निर्माणकाबारेमा सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

1 COMMENT

  1. प्रधानमन्त्री केपी ओली ज्यूले उचित समय र औचित्यको आधारमा संबिधान संशोधन हुन्छ भन्नुको अर्थ उहाँको अर्को जन्ममा मात्र हुन्छ भन्नू भएको हो।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here