काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीले अब सबै जिल्लाहरु तुइनमुक्त भए भनिरहन आवश्यक नरहेको बताएका छन् ।
किनभने अब मुलुक तुइनमुक्त भएको उनको भनाइ छ ।

शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘मैले सबै जिल्लाहरु तुइनमुक्त भए भनिरहन आवश्यक देख्न छोडेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘भएको छैन, भएनन्, होइन जस्ता नकारात्मक बहसमा रुचि राख्नेहरुलाई कुनै पनि स्थान नहोस भन्नका लागि यति चाहिँ उल्लेख गर्न चाहन्छु निर्माणाधिन र निर्माणको प्रक्रियामा रहेको तुइनको संख्या अब मुलुकभर डेढ दर्जन पनि छैन ।’

उनले आफ्नाे नेतृत्वमा सरकार बनेपछि देशभरका सवा सय भन्दा बढी तुइनहरु विस्थापित गरिएको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here