काठमाडाैं । काभ्रेको बनेपामा जिपकाे ठक्करबाट प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङकाे मृत्यु भएकाे छ ।

बनेपा नगरपालिका–१३ स्थित सडकमा बा१९च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत गुरुङको मृत्यु भएको हो ।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here