[sharethis-inline-buttons]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार २५औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा जनयुद्धका बेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ‘फौजी आक्रमण अलि बढाइदिनुपर्यो र सदरमुकाम हान्नुपर्यो’ भनेर आफूहरुलाई भनेको भन्ने अभिव्यक्तिको वास्तविकता दाहालका समकालिन डा. बाबुराम भट्टराईले बाहिर ल्याएका छन् ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले दाहालको उक्त भनाइ झुटो भएको बताए ।

नेता भट्टराईले १२ बुँदे सहमतिपछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले माघमा नगरपालिकाको चुनाव घोषणा गरेको बेला त्यसलाई बिथोल्न कोइरालाले आग्रह गरेको बताए ।

दाहालले कोइरालाको आग्रहलाई बढाइचढाइ ढंगले गलत प्रसंगमा जोडेको भट्टराईको भनाइ छ ।

ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘ठाउँ हेरेर त्यहींको भाकामा गाउने र बढाइचढाइ ढंगले विषय प्रस्तुत गरेर तरंग ल्याउने प्रचण्डको जानेमानेको शैली हो । जहाँसम्म गिरिजाबाबुको प्रसंग छ, त्यो सधैं हैन तर २०६२ मंसिरमा १२ बुँदे सहमति भएपछि ज्ञानेन्द्रले माघमा नगरपालिकाको चुनाव घोषणा गरेको बेला त्यसलाई बिथोल्न आग्रह गर्नुभाको हो ।’

दाहालको अभिव्यक्तिप्रति गम्भीर आपत्ति र ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार नै प्रेस वक्तव्य जारी गरेका थिए ।

तत्कालिन माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको भन्दै शर्माले हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउने कोइरालाले हिंसात्मक आक्रमणलाई प्रेरित गरेका थिए भन्नु आफैमा विरोधाभासपूर्ण रहेको जनाएका छन् ।

फौजी आक्रमण बढाइदिन आग्रह गरेको साचो हो भने दाहालले किन गिरिजा जिउँदो छँदा नभनेर उनको निधन भएको यतिको वर्षपछि तथ्य तोडमोड गरेको भन्दै शर्माले दाहाललाई जिम्मेवार अभिव्यक्ति दिन सजग गराएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here