कैलाली । थारुहरुप्रति राज्यले गरेको दमनको विरुद्ध कैलालीको धनगढीमा बिहीबार (फागुन १ गते) देखि लक्ष्मण थारूकाे नेतृत्वमा थारुहरुले आमरण अनशन थालेका छन् ।

टीकापुरको झुट्ठा मुद्दा खारेज गर्नुपर्ने तथा सांसद रेशमलाल चौधरी, वीरबहादुर चौधरी, हरिनारायण चौधरी, वृजमोहन चौधरी, प्रदीप चौधरी, राजेश चौधरी, सुन्दरलाल कठरिया, राजकुमार कठरिया, सन्तकुमार चौधरी, श्रमण चौधरी, गंगाराम चौधरीलगायत टीकापुर घटनाका दोषी करार गरिएका राजबन्दीहरुलाई रिहा गर्नुपर्ने माग राख्दै अनशन थालिएकाे हाे ।

उनीहरूले अधुरो, अपुरो संविधान संशोधन गर्नुपर्ने, थरुहट थारुवान र आदिवासी जनजाति, दलित, मुस्लिम, मधेशीलगायतसँग राज्यले पटकपटक गरेका सहमतिहरु कार्यान्वयन गर्नुपर्ने, थरुहट थारुवान आन्दोलनको क्रममा २०७२ साल भदौ ७ र ८ गते भएको टीकापुर घटनाको मुद्दाको छानविनका लागि गठित न्यायाधीश गिरिशचन्द्र दास लाल नेतृत्वको उच्चस्तरीय अधिकारसम्पन्न आयोगको प्रतिवेदन एवं देवीराम शर्मा नेतृत्वको प्रतिवेदन सार्वजनिक गनुपर्ने माग राखेका छन् ।

थारूहरूकाे आन्दोलनमा नेपा: राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजु, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बु, खसान राष्ट्रिय संघर्ष समितिका उपाध्यक्ष रघुवीरसिंह ठगुन्ना, थरुहट तराई नेपाल लोकतान्त्रिक पार्टी अध्यक्ष भानुराम थारु, संयुक्त खश क्षेत्री नेपालका केन्द्रीय सहअध्यक्ष ताराबहादुर बस्नेत, संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, मिशन अम्बेडकर नेपालका राष्ट्रिय अध्यक्ष मनोज, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोबिन्द छन्त्याल र संघीय दलित शिल्पी मञ्च नेपालका महासचिव शर्मिला बागचन्दले ऐक्यवद्धता जनाएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here