सप्तरी । विप्लव समूहका प्रदेश नं २ ब्युरो सदस्य इन्दलप्रसाद साह सप्तरीबाट पक्राउ परेका छन् ।

उनलाई सप्तरीको सुरुङ्गा नगरपालिका-६ श्रीपुरमा एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले धनुषाको धनुषाधाम नगरपालिका ६ सरस्वतीपुर निवासी ३४ वर्षीय साहलाई बुधबार राति पक्राउ गरेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

धम्काएर व्यक्तिसँग चन्दा मागिरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको उनको भनाइ छ ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here