सुनसरी । सप्तकोशीमा सञ्चालित जल यातायात (जेट बोट) बन्द भएको छ ।

कानुनकाे अभावले स्थानीय तह र प्रहरी प्रशासनले समेत दुःख दिने गरेकाले जेट बोट बन्द गरिएको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशनका सञ्चालक राजेन्द्र कार्कीले बताए ।

दुई वर्षदेखि नियमित सञ्चालनमा रहेको जेट बोट अब अनिश्चितकालसम्म बन्द गरिएको उनले बताए ।

उनले सरकारले कानुन बनाएर नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडा दर कायम गर्नुपर्ने लगायतका माग राखिएको बताए ।

उनले स्पष्ट कानुन बनाएर आपूmहरुको व्यवसायमा सुरक्षा दिने ग्यारेन्टी सरकारले नगरेसम्म जेट बोट सुचारु गर्न नसकिने बताए ।

जेट बोट बन्द भएपछि भोजपुरको दक्षिण भाग, धनकुटा र उदयपुरका मानिसहरुलाई मर्का परेको छ । जेट बोट हुँदा सो क्षेत्रका मानिसहरु छोटो समयमै यात्रा गर्दथे ।

चतरा घाटबाट १५ किलोमिटर दुरीमा रहेको धनकुटाको सिम्ले पुग्न १५ मिनेट मात्र लाग्थ्यो । सिम्लेबाट भोजपुरको घोडेटार पुग्न १ घन्टा लाग्थ्यो । हरेक दिन ५ सय भन्दा बढी मानिसहरु जेट बोटबाट यात्रा गर्दथे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here