काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले नेपालमा मौलिक किसिमको जनयुद्ध गरेकोले जनयुद्ध सफल भएको बताएका छन् ।

बिहीबार २५औं जनयुद्धको अवसरमा नेकपा कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘नेपालको जनयुद्ध रुस, चीन लगायत अन्य देशमा भएको जस्तो बिद्रोह थिएन । नेपाली कम्युनिष्ट आन्दोलन नै मौलिक रुपमा अघि बढेकोले जनयुद्ध पनि मौलिक थियो ।’

उनले नेपालमा माक्सवादको सिद्धान्तमा रहेर मौलिक किसिमको कम्युनिष्ट आन्दोलन भएको बताए ।
‘कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुग्दा मौलिक कम्युनिष्ट नीति निर्माण भएको छ, सबै माक्सवादका सिद्धान्तमा आधारित छन्,’ उनले भने ।

उनले शान्ति प्रक्रियामा प्रवेश गरेको १४ वर्ष पुरा भएको भन्दै हाल शान्ति प्रक्रिया हुँदै संविधानसभाबाट संविधान जारी गरी मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here