काठमाडाैं । नायिका महिमा सिलवालको दुर्घटनामा मृत्यु भएको छ ।

बुधबार साँझ ५ बजेतिर भैरहवाबाट काठमाडौं आउँदै गरेको लु२ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका-२ चाम्बासमा नायिका महिमा चढेको स्कुटरलाई ठक्कर दिँदा उनकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

बसको ठक्करबाट ढलेकी महिमालाई उपचारका लागि गजुरी स्वास्थ्यचौकी लैजादै गर्दा बाटैमा मृत्यु भएको थियाे ।

स्कुटरमा पछाडि बसेकी सर्मिला सिलवालको पनि उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको पाण्डेको भनाइ छ । महिमाले ‘कारवाही’, ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’ लगायत चलचित्रमा अभिनय गरेकी छन् ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here