मोरङ । मोरङको पथरीशनिश्चरे-२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा हाल विद्युत वाइरिङ र बाँसको विभिन्न सामग्री बनाउने तालिम चलिरहेको छ ।

उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले बाँसको हस्तकला र विद्युत वाइरिङको तालिम दिँदै आएको हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगरले बताए ।

मान्दीप विकले दिँदै आएको बाँसको हस्तकला सम्बन्धी तालिममा १३ जना र पूर्ण राई सिकाउँदै आएको विद्युत वाइरिङ तातिममा १२ जना उपभोक्ताहरु सहभागी छन् । दुवै तालिम दुई महिनासम्म चल्नेछ ।

तालिममा कलम दानी, चियाको कप राख्ने, उपहार ट्रफी, कुर्सी, टेवल, पलङजस्ता सामग्रीहरु बनाउन सिक्नेछन् ।

दुई महिनासम्म चल्ने विद्युत वाइरिङ तालिमले २५ जना स्वरोजगार बन्ने हरियालीको अपेक्षा रहेको अध्यक्ष मगरले बताए ।

ट्रेनर भत्ता, टे«नीको यातायात खर्च र तालिम सामाग्री गरी करिब पाँच लाख खर्च हुने समूहले जनाएको छ ।

 

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here