काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा फैलिएको रोग कोरोना भाइरस नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपालमा हालसम्म कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको प्रष्ट पारेका छन् ।

जुगल गाउँपालिका–३ गुम्बा क्षेत्रमा कोरोना भाइरसको जस्तै लक्षण देखिने बिरामीहरु भेटिएपछि त्यसले आम नेपालीमा त्रास फैलाएको थियो ।

प्रवक्ता श्रेष्ठले बुधबार प्रेस विज्ञप्ती जारी गरी नेपालमा कोरोना भाइरसको शंका गरिएका १८ जना मानिसहरु पनि पनि पूर्णरुपमा स्वस्थ्य रहेको उल्लेख गरेका छन् ।

‘नेपालमा आजको मितिसम्म शंकास्पद १८ जनामा परिक्षण गरिएकामा १७ जनामा संक्रमणको कुनै लक्षण देखिएन, संक्रमण देखिएका १ जना पनि पुनः परिक्षणमा नेगेटिभ देखिइ पूर्ण स्वास्थ्य हुनुभएको जानकारी प्राप्त भएको छ,’ मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालयले चीनको हुवान लगायत सहरमा रहेका नेपालीहरु पनि कोरोना भाइरस संक्रमित नभएको प्रष्ट पारेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here