काठमाडाैं । पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको जघन्य अपराधमा संलग्नप्रति सहानुभूति देखाउन सकिँदैन ।

तर, गैरकानुनी रुपमा बालबालिकालाई घरेलु मजदुर राख्ने मालिकले कुटपिट मात्र होइन, श्रम शोषण र यौन उत्पीडन गरेका अनेक घटना प्रहरीमा छन् ।

आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामा र भूपेन्द्र ओलीले लेखेको समाचार अनुसार पूर्वसचिव कार्कीको श्रीमती मुना कार्कीको हत्या गरेर आत्महत्या गरेको भनिएका विजय चौधरीले विना तलब ६ वर्षदेखि घरेलु काम गरेको खुलेको छ ।

आफन्तका अनुसार कक्षा ६ सम्म पढेर छाडेका विजयका बाबुआमाले भविष्यमा जागिर पाउँछ भनेर छोरालाई कार्की निवास पठाएका हुन् ।

विजयलाई कार्कीको घरमा सरसफाइलगायत काम लगाइएको थियो। तर, कति पैसा पाउने भन्ने निर्धारण गरिएको थिएन ।

‘छोराको पढाई थिएन, कार्की सरले राम्रो जागिर लगाइदिने भनेपछि केही समय घरमा काम गर्न पठाएको हुँ,’ विजयका बाबु जानकी चौधरीले भने, ‘छोराले घरमा काम गरेबापत केही पैसा पाइएला भन्ने आशा त थियो, तर ६ वर्षसम्म छोराले एक पैसा पनि पठाएन । तलबबारे कुनै सल्लाह नै नभएकोले हामीले पनि माग्न सकेनौँ ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here