काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले मन्त्री बन्न हतार नगर्न राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुसँग आग्रह गरेका छन् ।

राजपा सरकारमा सामेल हुने चर्चा चलिरहेको बेला हाल लिङदेनले ब्राम्हणवादी एकात्मकवादीहरुले मधेसी नेताहरुलाई जेपी गुप्ता र विजय गच्छदार बनाइदिने खतरा रहेको औल्याएका छन् ।

निवर्तमान कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव लादा प्रधानमन्त्री केपी ओलीले ‘स्टप इट’ भनेर हप्काएको प्रसंग जोड्दै उनले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्री नै सर्वेसर्वा हुने उल्लेख गरे ।

बालुवाटार जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजय गच्छदारले प्रस्ताव लगेको भए पनि त्यो प्रस्ताव तत्कालिन प्रधानमन्त्री माधव नेपालको चाहना अनुसार नै रहेको तर हाल गच्छदारलाई मात्र कारबाही गरेको लिङदेनले बताए ।

‘तराईको माइन्ड भनेर चिनिने जेपी गुप्ता अनि गच्छदार अब राष्ट्रिय राजनीतिबाट सधैका लागि ओझेल पर्ने भयो,’ लिङदेनले आफ्नाे फेसबुक पेजमार्फत भनेका छन्, ‘मैले सुनेको छु मधेसका नेताहरु अरु पनि त्यो लाइनमा छन् रे । त्यसैले मैले मधेसका नेताहरुलाई कतिपल्ट भनेको–मन्त्री खान नहतारिनुस्, क्रान्ति पूरा भएको छैन । त्यो मन्त्री पद त ठूलो गलपासो पो हुन्छ है ।’

उनले आदिवासीहरु जो मन्त्री भइरहेका छन् उनीहरु चाहिँ आफ्नाे इमान, इज्जत, अस्तित्व सबै बेचेर गुलाम भएर मन्त्री पद खाइरहेको आरोप लगाए ।

गोरेबहादुर खपांगी मन्त्री पदले नै धुलो धुलो भएको भन्दै लिङदेनले आदिवासी र मधेसीमा ब्राम्हणवादी एकात्मकवादीहरुसँग टक्कर लिन्छु, संसदमा यिनीहरुसँग मारामार गरेर त्यही सहिद हुन्छु भन्नेहरु किन नजन्मेको होला ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले आशा युवा पुस्तामै भएको भन्दै निराश नहुन आग्रह गरेका छन् ।

तत्कालिन कानुन मन्त्री माननीय उपेन्द्र यादवले सम्बिधान सम्सोधनको प्रस्ताब लादा प्रधानमन्त्री ओलि ले ,stop it, nonesense,…

Gepostet von Kumar Lingden MIrak Page am Montag, 10. Februar 2020

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here