काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदेश १ को नाममा ‘किरात’ जोड्नेबारे आफूहरुले गम्भीर रुपमा सोच्ने बताएका छन् ।

आइतबार प्रदेश १ को नाम किरात राख्न पहल गरिदिन माग गर्दै किरात राई यायोक्खाको टोलीले खनाललाई भेटघाट गर्दा उनले यायोक्खाको कुरालाई आफूहरुले गम्भिरतापूर्वक लिने समेत बताए ।

‘हामी तपाईंहरुको कुरालाई गम्भिरतापूर्वक लिन्छौ,’ उनले भने, ‘अहिले म कमिटमेन्ट दिने भन्दा पनि साझा कुरा खोजौ । हामी पनि खोज्छौ, तपाईंहरु पनि खोज्नुस् । तपाईंहरुले यो अभियान चलाइरहनुभएको छ, यसमा मेरो समर्थन छ ।’

उनले सबैलाई एकजुट बनाउने प्रदेशको नाम भएमा आफूहरुको कुनै आपत्ति नरहने प्रष्ट पारे ।

यायोक्खाका अध्यक्ष दिवस राईले इतिहास, भूगोल, संस्कृति र सभ्यताको आधारमा प्रदेश १ को नाम किरात राख्नुपर्ने, नभए पनि त्यस भूगोलबासीको भावनालाई सम्बोधन गरी किरात शब्द जोड्ने पहल गरिदिन आग्रह गरे ।

उनले पहिचान र भुगोल दुवैलाई जोडेर गइयो भने त्यसले ‘विनविन’ अवस्था आउने भन्दै खनाललाई मनाउने प्रयास गरे ।

‘तर, कुनै हालतमा हुँदैन भनेर पेलियो भने त्यसको रियाक्शन एकदम लामो समय जान्छ । हामी कोही सन्तुष्ट हुँदैनौ,’ खनालसँग राईले भने, ‘यो हाम्रो सामाजिक दायित्व पनि हो । यो भएन भने नभएसम्म सयवर्ष किन नलागोस्, हामी आन्दोलनतिर जानुपर्छ भन्नेतिर लाग्छौ ।’

प्रदेशको नाममा कम्तिमा पनि किरात जोडिएमा त्यसबाट दिर्घकालिन आन्दोलन टर्ने उनले बताए ।

यायोक्खाकाे टोलीसँगै खनाल निवास पुगेका नेकपाका नेता शरण राईले ३ नम्बर प्रदेशलाई बाग्मती प्रदेश बनाउँदा जसरी सुनसान भयो १ नम्बर प्रदेशकाे हकमा त्यस्तो स्थिति नहुने बताए ।

‘यो ३ नम्बर प्रदेशजस्तो सुनसान हुँदैन,’ नेता खनाललाई उनले भने, ‘तपाईंलाई पनि थाहै छ । खम्बुवानले आगो बालेको देखिराख्नुभाछ, त्यसलाई (किरात जोड्ने) यसो मिलाएर… ।’

शरण राईकै भनाइमाथि यायोक्खाका उपाध्यक्ष जीवन हाताचो राईले पनि ठट्याैली पाराले थपे, ‘तिम्रा पनि भयो हाम्रो पनि भयो भनेजस्तै… (सबैको हाँसो) ।’

त्यसपछि भेटघाट टुंग्याउँदै नेता खनालले भने, ‘ठीक छ हामी पनि एकचोटि सोच्छौ नि त ।’

भेटघाट कार्यक्रममा यायोक्खाले खनाललाई तीन पेजको ज्ञापन-पत्र बुझाएको थियो । ज्ञापन-पत्र यायोक्खाका महासचिव जनक राईले वाचन गरेर सुनाएका थिए । खनाललाई ज्ञापन-पत्र बुझाएपछि यायोक्खा अध्यक्ष राईले थप व्याख्या गरी माग प्रष्ट पारेका थिए ।

यायोक्खाका अध्यक्ष दिवस राई, उपाध्यक्षहरू जीवन हाताचो राई, ज्ञेन राई, टिकासरि राई, महासचिव जनक राई, यायोक्खाका सल्लाहकार चन्द्रविक्रम राई, नेकपाका नेता शरण राई, जय राई, यायोक्खाका परशु राई, पत्रकार विजय चाम्लिङ लगायत काठमाडाैंकाे ताहचलस्थित खनाल निवास पुगेका थिए ।

प्रदेश नाममा किरात जोड्ने विषय गम्भीर भएर सोच्छौः झलनाथ खनाल

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदेश १ को नाममा ‘किरात’ जोड्नेबारे आफूहरुले गम्भीर रुपमा सोच्ने बताएका छन् ।आइतबार प्रदेश १ को नाम किरात राख्न पहल गरिदिन माग गर्दै किरात राई यायोक्खाको टोलीले खनाललाई भेटघाट गर्दा उनले यायोक्खाको कुरालाई आफूहरुले गम्भिरतापूर्वक लिने समेत बताए ।

Gepostet von sarbajanik.com am Sonntag, 9. Februar 2020

 

1 COMMENT

  1. किरात लिम्बुवान मगरात तमुवान थारुहट शेर्पालुङ खस भनिरहदा जातियता देख्ने नश्लबादी के पि ओलि बाहुन र प्रचण्ड बाहुनहरुले पृथ्वी चोक त्रिभुवन चोक भानुभक्त चोक मोतीराम भट्ट चोक महेन्द्र पुल महेन्द्र राजमार्ग बि पि कोइराला मेमोरियल हस्पिटल महेन्द्र क्याम्पस रत्न राज्य लक्ष्मी क्याम्पस बिशेश्वार प्र.कोइराला चोक जंगे पिल्लर जस्ता जातीयताको आधार द्वारा राखिएका संरचनाहरु तत्काल हटाउनु पर्छ

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here