काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी छिटो गरी पास गर्न मरिहत्ते गर्नुको पछाडि रहस्यमय भएको बताएका छन् ।

संग्रौलाले ट्वीट गर्दै प्रधानमन्त्री ओलीले झटपट एमसीसी पास गराउन खोज्नुले महाकाली सन्धिको झल्को दिएको समेत उल्लेख गरेका छन् ।

एमसीसी इन्डो प्यासिफिकको अंग हो वा होइन भन्ने आफूलाई जानकार नभए पनि प्रधानमन्त्रीले छिटो गरी पास गराउन खोजेकाले त्यसभित्र केही कालो पो छ कि भन्दै आशंका गरेका छन् ।

संग्रौलाले लेखेका छन्, ‘एमसीसी इन्डो व्यासिफिकको अंग हो कि होइन म जान्दिनँ । तर, ओली सरले यसलाई झटपट पास गर्न मरिहत्ते गरेको देख्दा महाकाली सन्धिको भुतले तर्साउँछ । महाकाली सन्धि झटपट पास गर्न पनि त ओली सरले यसरी नै मरिहत्ते गरेका थिए । दालमा केही कालो पो छ कि मान्यवर ?’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here