शुभराज भोम्जन

काठमाडाैं । सेलो तथा लोकदोहोरी गायक उत्सब सुब्बा लामाले रनन रन्किने भाग -२ ” तिउन भुटन” बजारमा ल्याएको छ ।

ठिक एक वर्षअघि सेलो तथा लोकदोहोरी गायक लामाले “रनन रन्किने तोङ्बा र क्षाङ ” बोलको सेलो गीत बजारमा ल्याएको थियो ।

उक्त सेलो गीतको सफलता पछि अहिले सोही गीतको भाग -२ को रुपमा ” तिउन भुटन ” बोलको सेलो गीत बजारमा ल्याएको छ । एक वर्ष पहिले सार्बजानिक गरेको रनन रन्किने बोलको गीत पहिलो पटक सेलो गीत युट्युब ट्रेण्डिङमा समेत परेको थियो ।

बिगत डेढ दशकदेखी सङ्गितमा लागि परिरहेका लामाले विभिन्न चरणमा दोहोरी सङ्गै सेलो गीतहरु निरन्तर बजारमा ल्याइरहेका छन । स्थायी घर धादिङ भएका लामाले लोकदोहोरी र सेलो गरेर ३५ भन्दा बढी गीत गाइसकेका छन । हाल बजारमा ल्याएको तिउन भुटनको शब्द पुरानो चलचित्र कर्मी मिनसागर लामाको रहनुका साथै स्वर र सङ्गीत भने उत्सब सुब्बा लामाकै रहेको छ । त्यसैगरी गीतलाइ आरबी लामाले एरेन्ज गरेका हुन् ।

जिग्मे मिडियाट सार्बजानिक गरेको भिडियोमा छमछमी सिजन -४ का बिजेता सन्ध्या आचर्य, रोशन तामाङ र स्ट्रङ सउल डान्स क्रुको फिचर रहेको छ । भिडियोलाइ रोशन तामाङले निर्देशन गर्नुका साथै सुर्य लामाले सम्पादन गरेका हुन् ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here