-बलदीप प्रभाश्वर चाम्लिङ

अग्नि सापकाेटा र रेशम चाैधरीमाथि नेक्राे-पाेलिटिक्स लागू भएकाे छ ।

के हाे नेक्राे-पाेलिटिक्स ?

नेक्राे-पाेलिटिक्सकाे शाब्दिक अर्थ हाे मृत्यु-राजनीति । नेक्राे-पाेलिटिक्सकाे शब्दविन्यास क्यमरूनकाे एक राजनीतिक विद्वान अकिली मेबेम्बेले गरेका थिए ।

कसलाई बचाउने र कसलाई मार्ने भन्ने नीतिबाट नेक्राे-पाेलिटिक्स निर्देशित हुन्छ । सत्ताधारीले आफू अनुकूलकालाई बचाएर प्रतिकूलका व्यक्ति तथा समुदायलाई चाहिँ हत्या गर्ने अभ्यास नै नेक्राे-पाेलिटिक्स हाे ।

क) जाति तथा वर्ग सफाय

पहिले पहिले नेक्राेे-पाेलिटिक्समा प्रत्यक्ष रूपमा घाेषणा गरेर नै लक्षित समुदायलाई सफाय गरिन्थ्याे । जस्ताे हिटलरले यहूदीलाई मारेका ।

पाेलपाेटले धनी तथा वाैद्धिक वर्गलाई आमहत्या गरेका थिए । विश्वमा यस्ता उदाहरण थुप्रै छन् ।

ख) विभेदित दमन

नेक्राे-पाेलिटिक्समा सत्ताधारीले आन्दाेलनताका दमनमा पनि विभेद तथा अन्तर देखाउँछ । जस्ताे मधेशीहरूकाे
आन्दाेलनमा आन्दाेलनकारीलाई पुलिसले ताकेरै टाउकामा गाेली हान्थे, आदेश अनुसार । तर, अन्य ठाउँमा
पानीकाे फाेहरा र हवाई फायरले नै काम चलाउँथे ।

ग) सिभिल डेथ (civil death)

नेक्राे-पाेलिटिक्सकाे आधुनिक संस्करण भनेकाे “सिभिल डेथ” हाे । सिभिल डेथ भनेकाे कसैलाई राजद्राेह तथा अपराधकाे नाममा सम्पूर्ण नागरिक अधिकारबाट बञ्चित गराएर मरेतुल्य बनाउनु अनि जेलमा सडाउनु हाे । जस्ताे रेशमलाल चाैधरी ।

नेक्राे-पाेलिटिक्समा अझ नयाँ सन्दर्भमा नवीन अवधारणा ल्याउँन सकिन्छ । कसैकाे राजनीतिक जीवन (चरित्र) समाप्त गर्ने खेल अहिलेकाे नेक्राे-पाेलिटिक्सकाे आधुनिक संस्करण हाे ।

अ- राजनैतिकीकरण (de-politicization)

कुनै व्याक्ति तथा समुदायलाई राजनीतिबाट टाढा राख्नु नै उनीहरूमाथि सधैं राज गरिरहन सकिन्छ । कसैकाे राजनीति गर्ने राजनैतिकपन (politicalness) तथा राजनैतिक चाहनाकाे हत्या गर्नु पनि नेक्राे-पाेलिटिक्स हाे ।

नेपालमा आदिवासी तथा दलितहरू अ-राजनैतिकीकरण भइसकेका छन् । उनीहरूकाे आत्मामा राजनीतिकपन तथा राजनैतिक चाहना मरिसकेकाे छ । उनीहरूलाई गैर-राजनीतिक बनाइएकाे छ ।

आदिवासी तथा दलितहरू गैर-राजनीतिक भएकाे कारण उनीहरू गैर-सरकारी संस्थामा रम्ने र अल्झिने गर्छन् । उनीहरूकाे लागि सत्ताधारीले नै यस्ताे वातावरण बनाइदिएका हुन्छन् ।

बलदीप प्रभाश्वर चाम्लिङ

जस्ताे, एक प्रतिनिधिपात्र कृष्ण भट्टचन । भट्टचनहरू राजनीतिमा आए सत्ताधारीलाई चुनाैती बन्छ । त्यही भएर भट्टचनहरू एनजिओमै अल्झेर बस्ने वातावरण निर्माण गरिन्छ । एनजिओमा बसेर जतिसुकै खराे कुरा गरे पनि त्यसमा दम्भ हुँदैन, प्रभाव हुँदैन । दलितमा आहुतिहरूलाई मिडियाले विश्लेषक लेखक भन्छ । तर, राजनैतिक नेताकाे हैसियत दिदैन । यसरी उनीहरूकाे राजनीतिकपनकाे हत्या हुन्छ ।

राजनीति गर्छु भन्ने केही आदिवासी तथा दलितहरचाहिँ कांग्रसे कम्युनिष्टकाे नियन्त्रणमा छन् । झण्डा बाेक्दैमा, नारा लगाउँदैमा र भाेट हाल्दैमा राजनीतिकर्मी हुन सकिन्न । कांग्रेस कम्युनिष्टकाे नेतृत्व (नियन्त्रण)मा उनीहरूकाे राजनैतिक वृत्तिविकासकाे हत्या भइरहेकाे छ ।

पछिल्लाे काल गाेरेबहादुर खपाङगी पनि नेक्राे-पाेलिटिक्सकाे सिकार भए । परशुराम तामाङ, सुरेश आले, पासाङ शेर्पाजस्ता अन्य धेरै पात्रहरूलाई नेक्राे-पाेलिटिक्सले हत्या गरिसकेकाे छ । आदिवासी तथा दलितहरू जैविक रूपले जीवित हुन् तर राजनैतिक रूपले मृतक हुन् (Adibasi and Dalits are biologically alive but politically dead) ।

हाे, एउटै मुद्दामा दुई खालकाे न्याय भनेकाे नेक्राे-पाेलिटिक्स हाे । एकलाई बचाउने अनि अर्काेलाई मार्ने । सापकाेटा नयाँ ताज पहिरिएर बिराजमान छन् उता चाैधरी सिभिल डेथकाे बेडमा पलपल मत्युवरण गरिरहेका छन् ।

ADVERTISEMENT

1 COMMENT

  1. सही विश्लेषण आयो । आदिवासी जनजातीलाई कोमाबाट कसरी ब्युझाउने ? ठूलो चुनौती छ ।
    अग्नि सापकोटाले ताज पैहिरिदा र रेशम चौधरी जेल रमाना हुदा, युगौ देखि सत्ताको तरखाने खसआर्य खुसी हुने त भैगए । तर त्यसमा भोज खाने आदिवासीहरू पनि थुप्रै छन ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here