शुभराज भोम्जन

सौल, दक्षिण कोरिया । बिगत डेढ दशकदेखि गीतसंगीतमा सक्रिय गायक तथा संगीतकार सुर्य रुम्बाले पहिलोपटक आफ्नै स्वरमा रहेको तामाङ गीत सिंगल ट्र्याक बजारमा ल्याएका छन् ।

गायक रुम्बाले स्टुडियो भिडियो सहित “फ्याफुल्ला बौद्धला लादा ” नामक बोलको तामाङ गीत हिजो जनवरी २७ मा आफ्नै अफिसियल युट्युब च्यानल “रुम्बा टिभी” मार्फत सार्बजानिक गरेका छन् ।

पप आधुनिक बिधालाइ मुख्य बिधा बनाएर संगीतमा संघर्षरत गायक तथा संगीतकार रुम्बाले अब आफ्नै मातृभाषा तामाङ गीत संगीतमा पनि निरन्तर लाग्ने बताए ।

स्थायी घर मकवानपुरको हेटौडा उपमहानगरपालिका -१३ पदमपोखरी भएका गायक रुम्बाले पहिलो पटक २०६६ सालमा ८ वटा गीत समावेश गरेर “नाम”” नामक एल्बम बजारमा ल्याएका थिए ।

त्यसैगरी २०७२ सालमा ६ वटा गीतहरु समावेश गरेर “लक” नामक एल्बम बजारमा ल्याएका थिए । ६ वटा गीतमध्ये एउटा गीत भने भूकम्प पीडितहरुलाई हौसला प्रदान गर्नका लागि बनाएको थियो । ललितकला क्याम्पसबाट संगीतमा स्नातक गरेका गायक रुम्बाले विभिन्न नेपाली चलचित्रहरुमा पनि संगीत गरिसकेका छन् ।

हालसम्म रुम्बाले २५ वटा गीतमा स्वर भर्नुका साथै ३०भन्दा बढिमा संगीत भरिसकेका छन् । हाल बजारमा ल्याएको तामाङ गीतमा स्वरसँगै शब्द संगीत पनि रुम्बा आफ्नै हो ।

गीतको उत्सब सुब्बा लामाले एरेन्ज गर्नुका साथै आरबी लामाले मिक्सिङ गरेका हुन् । त्यसैगरी रेकर्डिङ कोरियाको बबल्गम स्टुडियोमा गर्नुका साथै स्टुडियो भिडियो गजेन्द्र बुढामगरले खिचेका हुन् । भिडियोलाई विशाल राज राईले सम्पादन गरेका छन् । गायक रुम्बा ५ वर्ष देखि कोरियामा छन् ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here