काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठलाई दुव्र्यवहारको आरोपमा पक्राउ परेकी गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटी बुझाएर रिहा भएकी छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई धराैटीमा रिहा गरेकाे हाे ।

प्रहरी जवान श्रेष्ठले उजुरी गरेपछि राउत प्रहरीकाे पक्राउ सूचिमा थिइन् ।

तर, उनी साेमबार आफै प्रहरीसमक्ष पुगेकी थिइन् । प्रहरीले उनलाई चार दिनकाे म्याद थपेर अनुसन्धान सुरू गरेकाे थियाे ।

राउतकाे पक्ष र विपक्षमा सामाजिक सञ्जालमा टिकाटिप्पणी चलेकाे थियाे । प्रहरी पनि सुध्रनुपर्ने कतिपयकाे टिप्पणी थियाे । दुवै पक्षकाे गल्ती भएकाे भन्ने टिप्पणीहरू पनि चलेका थिए ।

(मंगलबार हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ । स.)

 

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here