बुटवल । नवलपरासीमा दुईवटा टाउको भएको सर्प फेला पारेकाे छ ।

रूपन्देहीका सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले करेत प्रजातीको दुई टाउको भएको सर्प फेला पारेकाे हाे ।

स्थानीय जुद्धवीर श्रीस मगरको घरमा यो सर्प भेटिएको हो ।

याे सर्प ६१ वर्षपछि विश्वमा दोस्रोपटक र नेपालमा पहिलो पटक भेटिएको अनुसन्धानकर्ता देवकोटाको दाबी छ ।

दुई टाउके करे‌त भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भीआर झाको समूह र नेपालमा सन् १९८३ मा दुई टाउको भएको जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्प विज्ञ करनबहादुर शाहको समूहले फेला पारेको अनुसन्धानकर्ता देवकोटाले बताए ।

करेत प्रजातीको दई टाउको सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक तथा नेपालमा पहिलोपटक भेटिएको देवकोटाको दाबी छ । न्युटेसनका कारण यसप्रकारको अपांगता भएको करेत जन्मिएको हुनसक्ने उनको भनाइ छ ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here