ललितपुर । समाजवादी ट्रेड युनियन महासंघ नेपालको बाग्मती प्रदेश अध्यक्षमा दयाराम राई चयन भएका छन् ।

शनिबार ललितपुरको बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी राईको अध्यक्षतामा २५ सदस्यीय ‘समाजवादी ट्रेड युनियन महासंघ नेपाल बाग्मती प्रदेश समिति’ घोषणा गरिको छ ।

महासंघ समाजवादी पार्टीनिकट मजदुर संगठन हो । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष हिसिला यमी, उपमहासचिव दानबहादुर विश्वकर्मा लगायत नेताहरुको सहभागितामा भएको कार्यक्रममा यसअघिका दुई दलनिकट मजदुर संंगठनको समायोजन गरी बाग्मती प्रदेश समिति घोषणा गरिएको हो ।

समितिको उपाध्यक्षमा गोपाल राई र लिला खड्का छन् । सचिवमा देवेन्द्र बस्नेत, सहसचिवमा तेजबहादुर रोक्का, नरेश महर्जन, कोषाध्यक्षमा सैलेन्द्र सिंह महर्जन चयन भएका छन् ।

सदस्यहरुमा रामकुमार महतो, श्याम राई, रामबहादुर मगर, दिपेन्द्र न्यौपाने, विमल खत्री, रामचन्द्र अधिकारी, तिलक राई, सुमित्रा बुढाथोकी, कर्मा बराम, किशोर राई, पर्वत राई, धनकुमार तामाङ, हेमबहादुर खड्गी, राजु मानन्धर, विश्वास बहादुर तामाङ, किशोर देउला, कृष्णबहादुर कार्की, केदार साह र रोशन साह छन् ।

सोही कार्यक्रममा समाजवादी पार्टी शिल्पी विशेष प्रदेशको बाग्मती प्रदेश समिति समेत घोषणा गरिएको छ ।

सन्देश विश्वकर्माको अध्यक्षतामा २९ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा राधेश्याम पोके, सरस्वती परियार र कमल सहासकर छन् ।

सचिवमा विश्वराज घतानी, उपसचिवमा श्रकृष्ण विशुंखे र रुपा सुन्दास परियार छन् भने कोषाध्यक्षमा कमला दुवाल विक छन् ।

सो कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघको घटक संगठनको रुपमा रहेको ‘समाजवादी पेन्टर श्रमिक संघको केन्द्रीय समिति समेत घोषणा गरिएको छ ।

समितिको अध्यक्ष टेकबहादुर मानन्धर छन् । उपाध्यक्षमा टेकराज राई र प्रेम बुढाथोकी छन् भने महासचिवमा घनबहादुर तामाङ चयन भएका छन् । सचिव कुमार तामाङ र कोषाध्यक्ष दिपक वाइबा छन् ।

समाजवादी पार्टीका सहअध्यक्ष श्रेष्ठ, उपाध्यक्ष यमी लगायत नेताहरुले तीनवटै संगठनका पदाधिकारी तथा सदस्यहरुलाई बधार्ई तथा शुभकामना दिएका थिए ।

महासंघका महासचिव डिबी सरोज राईले सञ्चालन गरेको कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य, खाेटाङ जिल्ला अध्यक्ष, विभिन्न भातृ संगठनका प्रतिनिधि लगायत सहभागी थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here