माेरङ । समाजवादी पार्टी उर्लाबारी नगर समिति समायाेजन गरी मातृका धिमालको अध्यक्षतामा ४१ सदस्य समिति घाेषणा गरिएकाे छ । शनिबार उर्लाबारीमा कार्यक्रम गरी समिति घाेषणा गरिएकाे हाे ।

समितिकाे उपाध्यक्षमा भक्तीराम अधिकारी, शमशेर लिम्बू, साबित्रा याक्खा र देवी काफ्ले छन् । सचिवमा राधिका नेपाल, सहसचिवमा काजिमान पौडेल, कोषाध्यक्षमा बबिता दनुवार लगायत छन् ।

बाङगाई धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समाजवादी पार्टी केन्द्रीय सदस्य तथा प्रदेश नं १ का संसदीय दलका नेता जयराम यादव, केन्द्रीय सदस्य लोकसागर साम्बा, तेजलाल कर्ण, प्रदेश नं १ उपाध्यक्ष राजकुमार यादव, संघीय परिषद सदस्य केदार धिमाल, प्रदेश नं १ सदस्य विशाल आङदेम्बे, मनोहरी दाहाल, मोरङ जिल्ला उपाध्यक्ष केशरमान गुरुङ, सचिव राछामे किराती लगायत नेता सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here