निमा पाेङसुवा

धरान । धरान उपमहानगरका पूर्वमेयर मनाेज मेयाङ्बाेले धरान आजको अवस्थासम्म आइपुग्नुमा पूर्वमेयर दिवंगत ध्यानबहादुर राईको महत्वपूर्ण योगदान रहेकाे बताएका छन् ।

बुधबार धरानको भानुचोकस्थित घण्टाघरमा आयाेजित दिवंगत राईको श्रदाञ्जली कार्यक्रममा मेयाङ्बाेले साे कुरा बताएका हुन् ।

उनले आजभन्दा बीस वर्ष अगाडिसम्म धरान खन्डहर र ग्राभेल सडक मात्र रहेकाे बताए । जनआन्दोलपछिकाे स्थानीय निर्वाचनबाट निर्वाचित भएका मेयर ध्यानबहादुरकै पालामा गरिएको याेजना अनुसार आजको धरान भएकाे उनले बताए ।

उनले ध्यानबहादुरका पाँवर्षे कार्यकाल र आफ्नो पाँचवर्षे कार्यकाल धरानकाे विकासमा स्वर्णकाल भएको बताए ।

कार्यक्रममा ध्यानबहादुर राई बचाउ अभियानमा लागेका पत्रकार महेश श्रेष्ठले ध्यानबहादुरको शालिक निर्माण गरिने घोषणा गरे ।

सो शालिक सप्तरंगी पार्कमा बनाउने पहिलो प्रस्ताव अगाडि बढाएको जानकारी दिए । महेश श्रेष्ठले घण्टाघरमा भएको श्रद्धाञ्जली कार्यक्रम र पुस्तिका १३ दिनसम्म राखिने बताए ।

सो अवधिभर कुनै संघसंस्थाले समवेदना पत्र, श्रद्धाञ्जली पत्र समेत राख्न सकिने भन्दै सो पत्रहरु उनकाेपरिवारसम्म पुर्याउने व्यवस्था गरिएकाे बताए ।

बुधबार भएको श्रद्धाञ्जली कार्यक्रम शिव बान्तावाकाे संयोजकत्वमा भएको हो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here