काठमाडौं । प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ हुने भएको छ ।

भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले डिएआर मुभिजको आयोजनामा आउँदो फागुन १६देखि २० गतेसम्म काठमाडौंको टुँडिखेलमा महोत्सव आयोजना गर्न लागिएको हो ।

‘काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान‘ भन्ने नारा लिएर महोत्वसको गर्न लागिएको कार्यक्रम संयोजक नमराज ढुंगानाले जानकारी दिए ।

काठमाडौं आसपासका तत्कालिन ११ जिल्लालाई काँठ क्षेत्रका जिल्ला भनि चिन्न थालियो । त्यसभित्र लुकेर रहेका परिचयात्मक, ऐतिहासिक, साँस्कृतिक विधिन्न धरोहर छन् । ती विविधमध्ये एक हो काँठे लोक गीत, संगीत, जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडि भजन, झाँक्री, मारुनी, चुट्का, ठट्यौली, ठाडी, झाँकी, धिमे लगायतका साँगीतिक र साँस्कृतिक परिचय बोकेको काँठ क्षेत्र थप व्यापकता प्रदान गर्न यो महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने कार्यक्रम परिकल्पनाकार लोक दोहोरी गायक तथा सर्जक माधव थापाले बताए ।

टुँडिखेलमा हुने कार्यक्रममा निःशुल्क प्रवेसको व्यवस्था गरिएको छ । हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय व्यवस्थापन गरिएको छ । कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको बेजोड प्रस्तुति रहने छ भने व्यपार प्रवद्धनका लागि १ सय भन्दा बढी स्टल राखिनेछ ।

खुला काँठे लोक दोहोरी प्रतियोगिता
प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ को अर्को महत्वपूर्ण कार्यक्रमको रुपमा काँठे लोक दोहोरी प्रतियोगीता रहेको छ । देशभित्र तथा बाहिर जुनसुकै ठाउँमा रहेकाले पनि यो प्रतियोगीतामा भाग लिन पाउने छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेले क्रमश नगद रु ३ लाख, २ लाख, १ लाख, ५० हजार सहित मेडल, प्रमाणपत्र लगायत अन्य पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगीता अवधि भरमा उत्कृष्ट गायक र गायीका एक÷एक जनालाई नगद रु ५ प्रदान गरिने आयोजक डिएआर मुभिजले जानकारी दिएको छ ।

विविध सम्मान
कार्यक्रममा काँठे क्षेत्रको लोक गीत संगीतमा योगदान पुराएका श्रष्टलाई विविध सम्मान गरिने भएको छ । जसमा पहिलो काँठे लोक गाएक गायीका – २ जना, सर्वाधिक काँठे गीत रेर्कड गराएको श्रष्टा – २ जना, सर्वाधिक लोकप्रिय काँठे लोक गीत गायक÷गायिका – २÷२ जना, पुराना सर्जक कुमार बस्नेत, जयनन्द लामा, मच्छेश्वर सापकोटा, तिर्थकुमार थापा, मिरा थापा, मिरा राणा, धुव्रराज खड्का, र शिवनारायण जोशिलाई सम्मान गरिने भएको छ । दिवंगत श्रष्टा सम्मान अन्तर्गत बुद्दिकृष्ण लामिछाने, कृष्ण विक्रम थापा, भगवती दंगाल र लालबहादुर खातीलाई प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here