काठमाडाैं । चर्चित गायक राजु लामाको आवाजमा ‘बिहे नगरी भाछैन’बोलको गीत सार्वजानिक भएको छ । गीतमा चर्चित सङ्गितकार आर बि लामाको शब्द संगीत रहेको छ ।

गायन क्षेत्रमा चर्चा कमाइसकेका आर बि लामाले शब्द र सङ्गित गरेका मज्जा बेग्लाई छ, मङसिर महिनामा,डार्लिङ जस्ता थुप्रै गीतहरु हिट छन् ।

गीतमा चर्चित गायक राजु लामाको आवाज,दिपेश प्रधानको मिक्सिङ र स्व बबी राज घतानिको एरेन्ज रहेको छ ।

भिडियोलाई बिरेन्द्र भट्टले छायांकन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन् भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन । भिडियोमा मोडल हेरुका लामा,निरान्जली लामा,चादनी मोक्तान र रमन तामाङको अभिनय
रहेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here