काठमाडौं । गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले पुर्जी लिएको छ ।

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचको क्रममा आफूलाई एक महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै गायिका आस्था राउतले प्रहरीविरुद्ध अपशब्द बोल्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् ।

विमान स्थलमा महिला प्रहरी र गायिका राउतबीच भएको विवादको भिडियो सार्वजनिक भएपछि यो प्रकरणले नयाँ मोड लिएको छ । विमान स्थलमा चेकजाँचमा संलग्न महिला प्रहरीले आफूविरुद्ध दुव्र्यवहार भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी छन् ।

सोही उजुरी र चेकजाँचको भिडियोको आधारमा ती महिला प्रहरीले उजुरी दिएकी हुन् । जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरीले गायिका आस्थालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गर्ने भएको छ । उपत्यका प्रहरी प्रमुख विश्वराज पोखरेलले यो प्रकरणमा अनुसन्धान भइरहेको र महिला प्रहरी तथा गायिका दुबैलाई बोलाएर अनुसन्धान गर्ने बताएका छन् । जो दोषी भए पनि कारबाही गर्ने उनले बताएका छन् ।

गायिका राउत कन्सर्टका लागि अहिले भारतमा छिन् । बधुबार काठमाडौंबाट भद्रपुर पुगेकी गायिका राउत कन्सर्टका लागि सिक्किम पुगेकी छन् । उनी कन्सर्ट सोमबारसम्म काठमाडौं पर्किएकी छैनन् । उनी सम्पर्कबाहिर रहेकाले प्रहरीले उनलाई अहिले फरार सूचीमा रखेको छ । राजधानी दैनिकबाट ।

 

1 COMMENT

  1. गल्ती एउटा देखि मात्र हुदैन दुई तर्फबाट हुन्सक्छ दुबै जनाले महसुस गर्दा हुने कुरा हो जस्तो लग्छ

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here