लण्डन । बेलायतका राजकुमार ह्‍यारीले राजपरिवारको वरिष्ठ सदस्यको दर्जा छोड्ने निर्णयबारे पहिलोपटक मुख खोलेका छन् ।

लण्डनमा अफ्रिकाकासँग जोडिएको आफ्नो च्यारिटी कार्यक्रममा ह्‍यारीले शाही उपाधि त्याग्‍नु पर्दा गहिरो दु:ख लागेको पनि बताएका छन् ।

‘तर एक शान्तिपूर्ण जिन्दगीका लागि यसको अलवा मसँग अर्को कुनै बाटो थिएन’, उनले भनेका छन्, ‘सदैव जनताको तर्फबाट मिल्ने सहयोगबाट पाइने सुविधा र भव्य जीवनशैली त्याग्‍नै चाहेको थिएँ ।’

उनले शाही परिवारको जिम्मेवारी छोडेर अर्को देशमा नयाँ जिन्दगी सुरु गर्न आफूलाई धेरै डर लागेको पनि उल्लेख गरेका छन् ।

महारानी एलिजावेथको तर्फबाट दुई दिनअघि मात्रै राजकुमार ह्‍यारी र उनकी पत्‍नी मेगनले अब उप्रान्त ‘हिज/हर रोयल हाइनेस’ को प्रयोग गर्न नसक्ने घोषणा भएको थियो ।

यसका अलावा उनलाई जनताबाट प्राप्त फन्डबाट कुनै हिस्सा पनि मिल्ने छैन । अबदेखि राजकुमार ह्‍यारी कुनै पनि देशमा महारानी एलिजाबेथका प्रतिनिधि पनि रहने छैनन् ।

ह्‍यारीले पटकपटक आफूले सदैव जनताको सहयोगबाट मिलिरहेको आलिशान जिन्दगी त्याग्न चाहेको दोहोर्‍याए ।

यस्तोमा उनले आफूलाई मिलिरहेको सैन्य उपाधि र अफगानिस्तानमा ब्रिटिश सैनिकसँग काम गरेर मिलेको समर्थन गुमाउनुपरेकोमा गहिरो दु:ख लागेको बताएका छन् ।

‘हामी विश्‍वासको एकदमै ठूलो छलाङ्ग लगाइरहेका छौँ’, उनले भनेका छन्, ‘ती सबैजनामा धन्यवाद! जसले हाम्रो यो निर्णय लिन हिम्मत दिए ।’

बेलायतको पत्रिका ‘द डेली टेलिग्राफ’का अनुसार राजकुमार चार्ल्स आफ्नो निजी आम्दानीबाट ह्‍यारीलाई आर्थिक सहयोग गरिरहनेछन् । समाचार अनुसार राजकुमार ह्‍यारी पहिलेदेखि नै करोडौँ पाउन्डका मालिक छन् ।

अर्कातिर मेगनले पनि हलिउडमा अभियान गरेर राम्रो आम्दानी गरेकी छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here