काठमाडौं । श्रमिक महिला रक्षा संघकी अध्यक्ष सविना लिम्बूले आफ्नाे संस्थाको पहलमा बलात्कारी पास्टर विश्वास जोशी पक्राउ परेको दाबी गरेकी छन् ।

लिम्बूले एक प्रेस विज्ञप्ती निकाली सो दाबी गरेकी हुन् ।

उनको प्रेस विज्ञप्तीः

मिति– २०७६।१०।०५
आदरणीय सञ्चारकर्मी मित्रहरु,

विषय– पास्टरद्वारा गरिएको जबरजस्ती करणीबारे पीडितको तर्फबाट वास्तविकता अवगत गराइएको बारे ।

विगत पाँच वर्षदेखि अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरुको हक हितका लागि विविध कार्य गर्दै आएको यस संस्था श्रमिक महिला रक्षा संघ विशेषतः कार्यस्थलमा हुने यौनजन्य हिंसाविरुद्धको अभियानमा क्रियाशील रहेको अवगत गराइन्छ ।
यही सिलसिलामा यस संघको आजिवन सदस्य रहनुभएकी ललितपुर, नख्खिपोट निवासी परिवर्तित नाम जावलाखेल (२१) ले मिति २०७६ पुस २७ गते विहान ११ बजे आफूमाथि ललितपुरको कुसुन्तीस्थित आशा मण्डली नामक चर्चका पास्टर ध्रुवबाबु भनिने विश्वास जोशीले यौनजन्य दुव्र्यवहार (जबरजस्ती करणी) गरेको व्यहोराको निवेदन दिनुभएको थियो । आफू ११ वर्षदेखि क्रिस्चियन धर्मप्रति आस्थावान रही धार्मिक विधिअनुसार प्रार्थनामा सहभागी हुने गरेको पीडित परिवर्तित नाम जावलाखेल (२१) ले आफ्नो निवेदनमा खुलाउनुभएको छ । त्यसक्रममा नख्खिपोटमा बसोबास गर्ने आमाहरुसँग उक्त आशा विश्वास मण्डलीका पास्टरसँग भेट भएको र उसले गोप्य मिटिङ छ भनी ललितपुरको महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा रहेको सिटी गेष्ट हाउस लगेको थियो । कोठाभित्र लगेपछि ‘तिमीहरुसँग सुत्न मलाई परमेश्वरले पठाएको’ भन्दै जबरजस्ती बलात्कार गरको थियो । उसले आफ्नो काम सिध्याएपछि ‘नडराउ, मैले यो गरेपछि तिम्रो शरिरमा भएको नकारात्मक निराशाको आत्मा भाग्छ, सुसाइड गर्ने जुन मनमा आउने सबै डर चिन्ता हट्छ’ भनी मलाई सम्झायो । पछि पनि पटकपटक पसलमा आएर मलाई जबरजस्ती करणी गर्ने काम गरी नै रहयो ।
यसप्रकारको व्यहोरासहित निवेदन आएपछि यस संस्थाकै पहलमा पीडितसहित हामी महानगरीय प्रहरी परिसर, ललितपुर, जावलाखेल पुग्यौँ । त्यहाँ सोही दिन, अर्थात् २०७६।०९।२७ गते पीडितको जाहेरी दर्ता भयो । भोलिपल्ट २८ गते प्रहरीले घटनास्थल मुचुल्का उठायो । यसप्रकार सोही दिन २८ गते पीडक ध्रुव बाबु भनिने विश्वास जोशी पक्राउ परेका हुन् ।
यसप्रकार हाम्रो अग्रसरताअनुसार नेपाल प्रहरीले पीडितको पीडालाई साम्य पार्न हाम्रो जाहेरीबारे तत्कालै सकारात्मक पहल गरिदियो । प्रहरीको यसप्रकारको अग्रसरताको हामी उच्च प्रशंशा गर्दछौँ ।
सविना लिम्बू
अध्यक्ष
९८४१३३७२७५

30 COMMENTS

  1. good yeata aparadhilai hadaisammako sajaye hunuparxa sahasi bahinilai dannebat samajma lukaunu parne yesta gtanaharuko ujagar garnu vayeko ma yesari balatkrit huneharu ajha kati holan tara bahira aauna ajhabankiholan uniharuko lagi pani yo udaharaniye xa hajurlai pani muri muri dhannebat

  2. लाग्नु नि अझेै इसाई को पछि डलर सधैं दिन्छ र
    तिमी जस्तै नारिहरु लाई सबैलाई मोज गर्छन् पास्टर हरु ले
    आमा बलात्कार गर्ने तिम्रो भगवान लाई तेसै झुु्न्ड्ड्ययाइएको होइन

    • एक दुइटाले तेस्तो गर्यो भनेर सारा इसाई समाजलाई गलत भन्नु कहासम्मको समझदारी हो? पहिले माओबादिको नाममा खाओबादी भए जस्तै पास्टरको नाममा विभिन्न प्रकारका मानिसहरुले गलत काम गर्ने, चोर्ने, ठग्ने गरेको पाइन्छ! निस्पक्ष अनुसन्धान गरेर अपराधिलाई कानुनी कारबाही गर्नुपर्छ! गलत काम गर्नेहरु कदापि इसाई होइनन

      • अझै माओबादिले लुटे भनेर आफुले पनि लूटन पाउनु पर्छ भन्छस । अबला नारी अझ अपांगलाई बिरामिलाई पटक पटक करणी, बलात्कार रोग निको पारिदिने ईसाईकरण हो?? पास्टरको यो उपचार बिधि घरमा को को लाई प्रयोग गरयौ?? भनेपछि दिदी बहिनी, आमा, श्रीमती बिरामी हुँदा पास्टरको मा लगेर रगड़ी रगड़ी ल्याउने परम्परा छ तिम्रो समुदाय, घरमा ।

  3. अब नेपालमा इसाई धर्म अन्त्य गरौ यो धर्म ठीक छैन।
    नेपाल एउटा बिस्व मै हिन्दु राष्ट्र भनेर चीनीन्छ

  4. यो क्रिश्चियन धर्ममा लागेका मान्छे हरु कोपो राम्रो होलान् र कात्तिके कुकुर जस्तो आता उता कहिले चार्ज कहिले फलानो जिल्ला मा करेकरम भन्दै लुखुर लुखुर हिँडेका छन् हुँदा छदा को धर्म छोडेर।अनि भन्छन् दृष्टि विहिन लाई आँखा देख्न सक्ने बनाउँछन् रे किन हस्पिटल चाहियोर पागल हरु

    • कुनै पनि धार्मिक संगठनले नराम्रो काम गर्न सिकाउदैन! अपराध मान्छेले गर्ने हो, धर्मले हैन!

  5. धेरौ जसो जनजाति महिला हरु यश किसिमको अत्याचार बाट पीडित छन ।

  6. धर्मले सहि बाटो देखाउछ र जस्ले गलत गर्छ ऊ धार्मिकलहुनै सक्दैन …. यसरी बलात्कारीको नामसंग धर्म जोडिदिने हो भने कुनै पनि धर्म चोखो छैन , भर्खरै सिद्व बाबाको नाम पनि आएकै हो , त्यसैले गलत गर्नेलाई धर्म संग जोडेर धर्मको नाम बिगाउनु नै मुर्खता हो

  7. Dharma naramro vani halnu chahi uchit hudaina dharmako aadama galat karye garnu chahi naramro ho yesbat sachet huna jaruri x jasto lagx

  8. धर्मलाई होइन, अपराध गर्ने ब्यक्तिको नाम उल्लेख गरेर कर्बाही गर्नु उचित हो! धर्म होइन अपराध गर्ने र गराउने ब्यक्ती नै हुन्छ!

  9. हिन्दु जाति बसोबास गर्ने देशमा ईशु धर्म भित्र यस्तो कार्य हुन्छ भनेर सुनेको थिए आज थाहा पाईयो। ठिकै भएछ।

    • हिन्दुले चाही यो देशमा बलात्कार गरेका सुनेका थिएनौ र चौधरी?

      • के हिन्दुमा यो कर्य भएको छैन चौधरी जि तेसैले धर्ममा नकरत्मक सोच कसैले नराखे हुन्छ।आलुको बोरामा १/२ओटा कुहिएको हुन सक्छ निकालेर फाले पछि सब ठिक हुन्छ।

      • अमेरिकी डलर खाएर धर्म परिवर्तन गर्ने नमक हराम पतितहरुबाट यत्ति हुनु सामान्य नै हो ।

  10. Dharma ko kura na garnu apradh ko ho teslai samatnu k aru dharma ko manxe le balatkar gareko xaina ra…. Aha nya pauna jarurat xa dharma ko birudda ma bolnu jarurat xain.. So tesaile sochera bolni garnus

  11. उनी पनि के गरिन त जब किप पास्तर को दिमाग् भरस्त भय छ भने

  12. अपराध र असामाजिक कुराहरुमा जसले धर्मको कुरा ल्याऊछ, त्यो जस्तो मुर्ख पशु कोहि हुन्न

    • रोग निको हुन्छ भन्ने पास्टर, अनि कहाँ बाट कसको क़ुरा गरौ?? अब यसमा
      भनेपछि धड़ाधड़ हो रोग निको पार्ने तरीका???तोरी

  13. राजस्थान के अलवर में शिष्या के साथ बलात्कार करने के मामले में आरोपी फलाहारी बाबा के बयान कोर्ट में दर्ज किए गए हैं. जेल में बंद बाबा बयान दर्ज कराते समय बार-बार रो रहा था. उन पर अरावली विहार थाना में अपने आश्रम में शिष्या से दुष्कर्म करने का मामला चल रहा है.

    आरोपी कौशलेंद्र प्रपन्नाचार्य उर्फ फलाहारी बाबा के बयान अपर जिला एवं सेशन जज संख्या-1 राजेंद्र शर्मा की अदालत में दर्ज किए गए. इस दौरान फलहारी बाबा से कोर्ट ने 88 लिखित सवाल किए और फलहारी बाबा अपने आप को निर्दोष बताते हुए गिड़गिड़ाता रहा. फलाहारी ने सवालों के लिखित जवाब दिए हैं.

    इसके बाद फलहारी बाबा ने बचाव के लिए गवाही की मांग की. जिसको कोर्ट ने स्वीकार कर लिया. कोर्ट ने 31 अगस्त, 6 और 7 सिंतम्बर का दिन बचाव पक्ष की गवाही के लिए तय किया है.

    अपर लोक अभियोजक योगेंद्र सिंह खटाना ने बताया कि बुधवार को अदालत ने अभियोजन पक्ष की ओर दर्ज करवाए गए 30 अभियोजन साक्ष्यों की गवाही के आधार पर कोर्ट ने लिखित रूप में 24 पेजों पर तैयार 88 सवालों के जवाब आरोपी फलाहारी बाबा से पूछे.

  14. Yesto ghatnalai dharma sanga jodera herne ho vane kunai dharma sahi xaina eauta le birayo vandai ma sabailai dosh launu mildai na hoina vane sidda baba le gareko tyo ghatana lai liyera sabai hindu dharma manne manxe galat ho vanera vanne ta ???eak byaktiko galti lai dharma sanga jodna mildaina doshi lai kada karbahi gariyos ….jo kohi hoss….

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here