काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका डा. मित्र परियारले नेपालमा आएर आफ्नै अध्यक्षतामा दलितहरुको मुक्तिको प्रमुख एजेण्डा बनाउने राजनीतिक दल खोल्न लागेको घोषणा गरेका छन् ।

उनले सचेत दलित युवाहरुलाई आफूसँग सम्पर्क गर्न अपिल समेत गरेका छन् ।

आइतबार आफ्नाे फेसबुकमा उनले लेखेका छन्, ‘म नेपाल फर्केर छुवाछुतका विरुद्ध सक्रिय हुुँदैछु । र, विश्वभरका दाजुभाई दिदीबहिनीसँग छलफल, बहस, अन्तरक्रिया गर्दै विल्कुलै नयाँ विचारसहितको राजनीतिक संगठन वा संजाल निर्माण गर्दैछु ।’

परियारले केही समयअघि दलितहरुले हिन्दू धर्म त्याग्नुपर्ने बताएका थिए । हिन्दू धर्मले नै दलितमाथि विभेद गरेको उनको तर्क थियो ।

दलित युवाहरूलाई हार्दिक अपील!देश विदेशका सबै दलित भनिएका खास गरि युवा साथीहरूलाई मेरो हार्दिक आग्रह छ मेरो नेतृत्वमा…

Gepostet von Dr-Mitra Pariyar am Sonntag, 19. Januar 2020

ADVERTISEMENT

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here