काठमाडाैं । नेकपाका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक महिनाभन्दा लामो छलफलपछि अन्ततः पूर्वमाओवादी नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएकाे छ ।

दुई अध्यक्षहरूकाे आइतबार बिहानको सहमतिलाई अपरान्ह ४ बजे बसेकाे पार्टी सचिवालय बैठकले अनुमोदन गरेको छ । सभामुख पद पूर्वएमाले कि पूर्वमाओवादीले पाउने भन्नेमा विवाद थियाे ।

भाेलि सोमबारकाे लागि बोलाइएको बैठकको कार्यसूचीका रूपमा सभामुखको निर्वाचन राखिएको छ ।

सभामुख पदमा नेकपाले आफ्नो उम्मेदवार तय गरेसँगै सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेकाे उपसभामुख पद खोसिने भएको छ ।

उनले उपसभामुख पदबाट राजीनामा दिनुपर्ने छ । अन्यथा नेकपाले सभामुख पदका लागि उम्मेदवारी दिन पाउने छैन ।

उपसभामुख फरक पार्टीको हुने भए पनि कुन दलको हुने भन्ने हालसम्म टुंगाे लागेकाे छैन ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here