काठमाडाैं । जापानका एकजना फेशन टाइकुन युसाक मीजावाले चन्द्रमाको यात्राका लागि जीवनसाथी खोजी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत विज्ञापन प्रकाशन गर्दै युवतीहरुलाई यात्राका लागि अपिल गरेका छन् ।

४४ वर्षीय युसाक चन्द्रमामा पुग्ने पहिलो सर्वसाधारण हुनेछन् । सन् २०२३ मा स्टारशिप रकेट मार्फत उनी चन्द्रमामा जाने योजनामा छन् ।

मीजावाले अनलाइनमा अपील गर्दै भनेका छन् ‘म स्पेशल महिला साथीसँग चन्द्रमा यात्राको अनुभव साटन चाहन्छु ।’

आफ्नी प्रेमिका आयमे गोरिकी (२७) सँग ब्रेकअप भएको भन्दै उनले भनेका छन् ‘आजसम्म मैले आफ्नै शैलीले बाचेँ । अहिले ४४ वर्षको भएँ तर, एक्लो महसुस् गर्दैछु ।’

उनले सर्त सहितको आवेदन अपिल गरेका छन् । उनको भनाइ अनुसार यो प्रकृया तीन महिनाको हुनेछ । आवेदक सिंगल हुन जरुरी छ भने उमेर २० वर्ष पूरा भएको हुनुपर्छ । उनको सोच सकारात्मक हुनुको साथै चन्द्रमामा जान इच्छुक पनि हुनुपर्ने छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here