बाजुरा । बाजुरालगायत सूदुरपश्चिमका हिमाली जिल्लाहरुमा यस बर्षको चौथो पटक र यस अगाडीको तुलानमा १२ बर्षपछि बर्षासंगै परेको हिमपातले जनजिवन प्रभावित भएको छ । पटक–पटक हिमपातसंगै पानी परेका कारण खेती राम्रो हुने भन्दै किसानहरुले राहत महशुस गरेका छन् ।

अधिकास हिमाली क्षेत्रमा सोमबार बेलुकीदेखि नियमित परेको हिमपातका कारण जनजिवन कष्टकर भएको छ । हिमपातका कारण बाजुराका दुर्गम गाउँपालिकाबाट सदरमुकाम आउने जनताहरु बिच बाटोमा अलपत्र परेका छन् । हुम्ला मुगु र बाजुराका जनताहरु अछामको साँफेबगरबाट भएर बाजुरा हुँदै घर जान नपाउँदा बाजुराको सदरमुकाम मार्तडी बजारमा बसेर खर्च नभएको दुखेसो पोखीरहेका छन् ।

हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट र मार्तडी जुकोट, गोत्री लगाएतका गाउँमा हिमपात भएपछि जनजीवन प्रभावित भएका छन् ।

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here