जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले सभा, गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसक्ने बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्यन प्रतिष्ठानद्वारा साेमबार संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्बाद कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

जलवायु परिवर्तन रोक्न फिल्डमै काम गर्नुपर्ने भन्दै मुख्यमन्त्री राउतले आफ्नाे समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभागो्ष्ठीमा केलाउने प्रवृति अन्त गर्नुपर्ने बताए ।

चुरेको दोहन र वन विनाशले नेपालमा प्राकृतिक विपद निम्त्याएको उल्लेख गर्दै उनले चुरे दहन र बन विनाश रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुभाग्यपूर्ण रहेको बताए ।

उनले भने, ‘दिन दहाडै बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन, दिनहु वन विनास हुँदैछ , रोक्ने प्रयास गर्नेहरुको दिन दहाडै हत्या हुँद्रैछ हामी मुक दर्शक भएका छौ । प्रहरी हाम्रो मातहतमा छैनन्, संघीय सरकार मातहतको प्रहरी प्रशासनले रोक्न सकेको छैन यो भन्दा ठृुलो दुर्भाग्यको कुरा अरु के होला ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here