–प्राज्ञ अमर तुम्याहाङ/बलिराज खम्बु

सार
यस लेखमा किरात येÞलेÞ संवत् र त्यसको आधारमा व्यवहारिक पात्रो निर्माण र प्रयोगको सम्बन्धमा चर्चा गरिने छ । संवत्का विषयमा कालगणनाका आधार र प्रामाणिकता, राष्ट्रिय मान्यताका लागि भएका प्रयासहरू, संवत् प्रयोगमा देखिएका समस्याहरू र सम्भावित उपायहरु छलफलका लागि प्रस्तावित पात्रोको उल्लेख हुने छ भने पात्रोको सम्बन्धमा यससँग सम्बन्धित विभिन्न पक्षको सन्दर्भ उल्लेख गरिएको छ ।

किरात येÞलेÞ संवत्को कुरा
प्रथम किरात राजा यलम्वरको स्मृतिमा प्रयोगमा आएको किरात येÞलेÞ संवत् स्मारक संवत् (खम्बु र अन्य, २०१०) हो । मिथकीय आधारमा यस संवत्को गणना पाँचहजार वर्षभन्दा माथि मानिने विषय यस संवत्लाई राष्ट्रिय संवत्का रुपमा मान्नुपर्दा यसको राष्ट्रिय आधारशीला गुम्ने, ऐतिहासिक एवम् पुरातात्विक आधार नहुने जस्ता समस्याहरू हाम्रासामु खडकिने कुरा विद्यमान छन् । यसो गरेमा नेपाल मुलुकमा रहेको किरातहरूको तथ्यपरक अकण्टक इतिहास बेवारिसे हुने विषय पनि विचारणीय पक्ष हो भने विश्वका ऐतिहासिक घटनाक्रमहरूसँग पनि यसको कालक्रमिक नाता अश्वभागिक त हुनु भएन नै । यो युग कल्पनातीत वा मिथकमा भन्दा ठोस प्रमाणमा बढी विश्वास गर्ने युग भएकाले नेपाल राष्ट्रका पुरातात्विक र ऐतिहासिक प्रमाणहरूको कसी लगाएर किरात येÞलेÞ संवत् पुनप्र्रचलन गर्नु लोकसम्मत प्राज्ञिक कार्य हो भनिरहनु परोइन ।

किरात येÞलेÞ संवत् पुनर्गणनाका आधार र प्रामाणिकता
किरात येÞलेÞ संवत्को कालगणनाको आधार के हो ? यो प्रश्न जनचासोको स्वभाविक विषयमात्र होइन, गम्भीर अध्ययन र चिन्तन मननको प्रसङ्ग पनि हो । तर यस कुरामा कोही भने साँढेझैँ झुद्ने पोजिसनमा उभिएर परम्परागत येÞलेÞ संवत् यथावत् रहोस् (कन्दङ्वा, २०६८) नत्र ! भन्छन् भने कतिपय पदभीरुहरू आधारहीन कालगणना आफ्नै प्राण पखेरुजस्तो झन्झन् कसिलो गरी पक्रिन प्रयासरत रहेका देखिन्छन्, त्यसबारेमा खोज अनुसन्धानको भगीरथ काममा लाग्नु त कता को कता !

आपदको बेलामा तेन्द्रोको सहारा भनेजस्तै पहिचान र अस्तित्व भासको भूमरीमा परेका वि.सं. २०४६ को परिवर्तनपछिका नेपालका किरातहरूले सिक्किमका जसहाङ मादेनले सुरु गरेको किरात येÞलेÞ संवत्लाई अपनाउनु एउटा भरोसा लिनुको कार्यभाव थियो । त्यसको आसय यो होइन कि त्यसलाई हाम्रो ऐतिहासिक प्रमाण र पुरातावित्वक कसीमा घोट्नै हुन्न, मिथकमा मात्रै भर पर्नुपर्छ । यसो भन्न खोजिएको प्रतीत हुन्छ कि “त्यसो गर्नु ठूलो अपराध हो” तर हामी विज्ञान र प्रविधिको युगमा बाँचिरहेका छौँ; कथामा मात्र आधारित भएर होइन; आवश्यकता अनुसार ल्याबमा आधारित परीक्षण–परिणाममा आस्वस्त हुन अभ्यस्त छौँ । यसर्थ पनि किरात येÞलेÞ संवत्को कालगणना लामो समयदेखि छलफल र बहसको विषय बन्दै आएको कुरा कसैबाट छिपेको छैन ।

वैरागी काइँलाको किराती संवत्देखि येÞलेÞ संवत्सम्म (तान्छोप्पा पत्रिका, वार्ष १३, अङ्क १, माघ २०६४ मा प्रकाशित) लेखको आधारमा नवयमन्वय द्वैमाषिक पत्रिकाले २०६५ माघ १८ गते येÞलेÞ संवत् ऐतिहासिकता समसामयिक सन्दर्भ विषयक अन्तरक्रियापछि आरम्भ भएको किरात येÞलेÞ संवत्को कालगणनाको बहसले बृहत् अभियानको रुप लियो । १४ र १५ नोभेम्बर, २००९ मा प्राज्ञ वैरागी काइँलाको अगुवाइमा किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी नै सम्पन्न भयो । यस ऐतिहासिक गोष्ठीले जारी गरेको किरात येÞलेÞ संवत् घोषणापत्र – २००९ र यसले निकालेका निष्कर्षको आधारभूमिलाई टेकेर येÞलेÞ संवत्को कालगणनाको ऐतिहासिक प्रमाणको आधारमा टुङ्गोमा पु¥याउने काम एउटा कोणबाट गरेको छ । किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिको पहलमा सम्बन्धित विषय विशेषज्ञहरूले किरात येÞलेÞ संवत्को कालगणना निर्णय गरेको र त्यसलाई समितिको तर्फबाट किरात समन्वय समितिलाई बुझाएको निर्णयको अंश निम्न अनुसार रहेको छः
१४ डिसेम्बर, २०१० (२०६७ मङ्सिर २८ गते) मङ्गलबार … भएको किरात येÞलेÞ संवत् काल निर्धारणसम्बन्धी अन्तरक्रिया कार्यक्रमले किरात येÞलेÞ संवत्को काल निर्धारण गर्नका लागि गोपालराजवंशावलीलाई मुख्य आधार मान्ने निर्णय गर्दै प्रा. डा. जगदीशचन्द्र रेग्मीबाट १४–१५ नोभेम्बर, २००९ (कात्तिक २८–२९, २०६६) मा प्रस्तुत भएको किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रमा उल्लेख भएको ३१ औँ किरात राजा खुरांजको शासन काल १८ वर्ष उल्लेख भएको तर मञ्जुल याक्थुम्बाबाट सो शासन काल १८ वर्ष नभई ७८ वर्ष हुनुपर्ने राय अगाडि अएकाले उल्लेखित १८ वा ७८ वर्षमध्ये कुन हो सत्यतथ्य प्रमाण हेरी स्रोत व्यक्तिहरू र किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिको संयुक्त पहलमा किटान गरी किरात समन्वय समितिमा पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम २३ डिसेम्बर, २०१० बिहीबाको दिन प्रा. डा. जगदीशचन्द्र रेग्मी, मञ्जुल याक्थुम्बा र शङ्कर साम्पाङ राई राष्टिÞय अभिलेखालयमा गई माथि उल्लेखित ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष वा ७८ वर्ष हो भन्ने बारेमा इतिहासकार तथा लिपि विशेषज्ञ ऐश्वर्यधर शर्मा, लिपि विशेषज्ञ सिद्धिरत्न शाक्य, अभिलेखालय प्रमुख भीम नेपाल र अनुसन्धान अधिकृत राजु रिमालको रोहबरमा बसेर गरिएको गोपालराजवंशावलीको मूलप्रतिको परीक्षण पश्चात् ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष नभई ७८ वर्ष नै रहेको पुष्टी भयो ।

काठमाडौँ मालीगाउँबाट पाइएको मूर्तिमा लेखिएको शिलालेखबाट संवत् १०७ मा राजा जयवर्माको नाम लेखिएको पाइएको हुनाले र गोपालराजवंशावलीको वर्णनमा ३२ पुस्ता किराती राजापछि वर्मावंशी राजाहरूको नामावली पाइनेमा यिनै जयवर्मा नामको राजाले आफ्नो राज्यस्थापना गरेको उपलक्ष्यमा आफ्नो सालिक सो मितिमा खडा गरेको बुझिन आउँछ । यस आधारबाट किरात शासनको अन्त्य संवत् १०७ (ई.सं. १८५) मा भएको र वर्मावंशको शासन सुरु भएको देखिन आउँछ । यस कालगणनाको आधारमा गोपालराजवंशावलीमा वर्णित ३२ पुस्ता किरात राजाहरूको शासन वर्षका अङ्कहरू सबै जोडेर हिसाब गर्दा हुन आउने काल गणनालाई किरात राजवंशको शासन अवधि मान्नु पर्ने देखिन्छ । उल्लेखित ई.सं. १८५ बाट पूर्व काल गणना गरेर हिसाब गर्दा निस्कने अङ्क १९६४ (१९६३ वर्ष ८ महिना) मा १८५ घटाएपछि हुनआउने १८७९ (१८७८ वर्ष ८ महिना) योगफलमा २०११ जोडेपछि हुनआउने समग्र योगफल ३७९० (३७८९ वर्ष ८ महिना) हुन आउँछ । यसअनुसार किरात राजा एलम्ये/लुङ/यलम्वरको शासन आरम्भ वर्ष ई.पू. १८७९ (१८७८ वर्ष ८ महिना) पूर्व भएको मान्नुपर्ने देखिन्छ (खम्बु र अन्य पूर्वत्, २०१०ः २२७–२२८) ।
यस आधारमा सन् २०१८ मा किरात येÞलेÞ संवत् ३७९७ हुन आउँछ ।

यो अंशमा उल्लेखित प्रमाणहरू नेपालको इतिहासका सबैभन्दा पुराना र भरपर्दा हुन् जो अभिलेखायल र सङ्ग्रहालयमा अद्यावधि उपलब्ध रहेका छन् । यी प्रमाणहरूको आधारमा निर्धारण गरिएको किरात येÞलेÞ संवत्को काल गणना सबैभन्दा विश्वासनीय र प्रमाणिक हो भनेर भनिरहनु परोइन ।
गोपालराजावंशावलीका आधारमा किरात राजाहरूको शासनक्रम अनुसारको शासन वर्ष र त्यसको अवधि (ईसापूर्वबाट ईस्वी संवत्को क्रममा) निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।
क्र.सं. राजाहरूको नाम शासन वर्ष ई.पू. र ई.सं.मा शासन अवधि
1. राजा श्रीएलम् (यलम्बर) ९० वर्ष १७७९–१६८९ ई.पू.(1779-1689 B.C.)
2. राजा श्रीपेलम् ८१ वर्ष १६८९–१६०८ ई.पू. (1689-1608 B.C.)
3. राजा श्रीमेलम् ८९ वर्ष १६०८–१५१९ ई.पू. (1608-1519 B.C.)
4. राजा श्रीचंमिं ४२ वर्ष १५१९–१४७७ ई.पू. (1519-1477 B.C.)
5. राजा श्रीधस्कं ३७ वर्ष १४७७–१४४० ई.पू. (1477-1440 B.C.)
6. राजा श्रीवलुंच ३१ वार्ष ६ महिना १४४०–१४०८ ई.पू. (1440-1408 B.C.)
7. राजा श्रीहुंतिं ४० वर्ष ८ महिना १४०८–१३६७ ई.पू. (1408-1367 B.C.)
8. राजा श्रीहुरमा ५० वर्ष १३६७–१३१७ ई.पू. (1367-1317 B.C.)
9. राजा श्रीतुस्के ४१ वर्ष ८ महिना १३१७–१२७५ ई.पू. (1317-1275 B.C.)
10. राजा श्रीप्रसफुं ३८ वर्ष ६ महिना १२७५–१२३७ ई.पू. (1275-1237 B.C.)
11. राजा श्रीपव ४६ वर्ष १२३७–११९१ ई.पू. (1237-1191 B.C.)
12. राजा श्रीदास्ती ४० वर्ष ११९१–११५१ ई.पू. (1191-1151 B.C.)
13. राजा श्रीचम्ब ७१ वर्ष ११५१–१०८० ई.पू. (1151-1080 B.C.)
14. राजा श्रीकंकं ५४ वर्ष १०८०–१०२६ ई.पू. (1080-1026 B.C.)
15. राजा श्रीस्वनन्द ४० वर्ष ६ महिना १०२६–९८५ ई.पू. (1026-985 B.C.)
16. राजा श्रीफुकों ५८ वर्ष ९८५–९२७ ई.पू. (985-927 B.C.)
17. राजा श्रीशिंघु ४९ वर्ष ६ महिना ९२७–८७७ ई.पू. (927-877 B.C.)
18. राजा श्रीजुलम् ७३ वर्ष ३ महिना ८७७–८०४ ई.पू. (877-804 B.C.)
19. राजा श्रीलुकं ४० वर्ष ८०४–७६४ ई.पू. (804-764 B.C.)
20. राजा श्रीथोरम् ७१ वर्ष ७६४–६९३ ई.पू. (764-693 B.C.)
21. राजा श्रीथुको ८३ वर्ष ६९३–६१० ई.पू. (693-610 B.C.)
22. राजा श्रीवम्र्म ७३ वर्ष ६ महिना ६१०–५३७ ई.पू. (610-537 B.C.)
23. राजा श्रीगुंजं (गुंजंको अर्को नाम गस्ती)* ७२ वर्ष ७ महिना ५३६–४६३ ई.पू. (536-463 B.C.)
24. राजा श्रीपुष्क (पुष्कको अर्को नाम पटुक)* ८१ वर्ष ४६३–३८२ ई.पू. (463-382 B.C.)
25. राजा श्रीत्यपमि ५४ वर्ष ३८२–३२८ ई.पू. (382-328 B.C.)
26. राजा श्रीमुगमम् ५८ वर्ष ३२८–२७० ई.पू. (328-270 B.C.)
27. राजा श्रीशसरु ६३ वर्ष २७०–२०७ ई.पू. (270-207 B.C.)
28. राजा श्रीगुंणं ७४ वर्ष २०७–१३३ ई.पू. (207-133 B.C.)
29. राजा श्रीखिम्बुं ७६ वर्ष १३३–५७ ई.पू. (133-57 B.C.)
30. राजा श्रीगिरिजं ८१ वर्ष ५७ ई.पू.–२२ ई.सं. (57 B.C.-22 A.D.)
31. राजा श्रीखुरांज ७८ वर्ष २२–१०० ई.सं. (22-100 A.D.)
32. राजा श्रीखिगु ८५ वर्ष १००–१८५ ई.सं. (100-185 A.D.)
जम्मा वर्ष र महिना १९६३ वार्ष ८ महिना अर्थात् १९६४ वर्ष
(नोटः राजाहरूको नाम गोपालराजावंशालीमा उल्लेख भएअनुसार जस्ताको तस्तै राखिएको छ ।)

किरात येÞलेÞ संवत् राष्ट्रिय मान्यताका लागि भएका प्रयासहरू
यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउनका लागि किरात येÞलेÞ संवत् अन्ययन समन्वय समितिका संयोगक प्राज्ञ वैरागी काइँलाको अगुवाइ तथा चार किरातजन्य संस्थाहरूको संयुक्त पहलमा राज्यका प्रमुख अङ्गहरूमा मागपत्र, स्मरणपत्र र ज्ञापनपत्रहरू बुझाउने काम भएको छ । यसैक्रममा तत्कालीन प्रधामन्त्री माधवकुमार नेपालसमक्ष २०६६ साल पुस ३० गते ज्ञापनपत्र प्रस्तुत गरियो भने तत्कालीन संस्कृतिमन्त्री मिनेन्द्र रिजालसमक्ष २०६६ माघ १२ गते मागपत्र बुझाइ येÞलेÞ संवत्लाई राष्ट्रिय मान्यता दिनको लागि पहल गरिदिन अनुरोध गरिएको थियो । यसरी नै २०६६ साल माघ १० गते राष्ट्रपति डा. रामवरण यादवसमक्ष स्मरणपत्र, २०६६ माघ ११ गते संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसमक्ष स्मरणपत्र र २०६६ माघ ७ गते तत्कालीन प्रमुखप्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष स्मरणपत्र बुझाउने काम भएको थियो । यसरी नै आगामी संविधानको अनुसूचीमा किरात येÞलेÞ संवत्लाई राखियोस् भनी संविधान अवधारणपत्र तथा प्रारम्भिक मस्यौदा अध्ययन समितिका संयोजक अग्नि खरेललाई समेत मागपत्र बुझाइएको थियो ।

किरात येÞलेÞ संवत्को व्यवहारिक प्रयोगका क्रममा देखिएका समस्यहरू
किरात समाजको सांस्कृतिक ढुकढुकीका रुपमा रहेको किरात येÞलेÞ संवत् (खम्बू र अन्य पूर्ववत्) को अविछिन्न प्रयोग किरात जातिको जीवनपद्दति नै भएको छ । यसैमा किराती जाति गर्व गर्दछ । तर किरात येÞलेÞ संवत्को व्यवहारिक प्रयोगका क्रममा केही आधारभूत समस्याहरू देखिएका छन् । लामो समयसम्म यसको कालगणनालाई प्रामाणिक बनाउने प्रयास नै भएन । पछिल्लो समयमा आएर यस विषयमा विसद् छलफल भएको छ र छलफलले प्रामाणिक परिणाम पनि दिएको छ । आश्चर्यको विषय के छ भने व्यक्तिगत रुपमा किरातजन्य संस्थाका अगुवाहरूले यसप्रति सम्मति प्रकट गरे पनि संस्थागत निर्णय गरी अगाडि बढ्नका लागि तत्पर देखिएका छैनन् । कतै किरातजन्य संस्थाहरूले यस विषयलाई नजरअन्दाज त गरेका होइनन् भन्ने प्रश्न पनि उठिरहेकै छ ।

किरात येÞलेÞ संवत् चन्द्रमा पात्रोमा आधारित संवत् हो भन्ने कुरामा जनविश्वास भए पनि यसबारेमा आधिकारिक निर्णय भएको छैन । करिब एक दशकदेखि किरात येÞलेÞ संवत्को नयाँ वर्ष माघ महिनाबाट आरम्भ हुन्छ भनी मान्न थालिएको छ । यो पद्दति चन्द्रमा पात्रोको विपरीत सौर्य पात्रोको प्रचलन हो । तर सर्वसाधारण किरातीदेखि बुद्धिजीवी र समाजका नेता हौँ भन्ने किराती अगुवाहरू समेत पनि यस विषयमा अनभिज्ञ देखिन्छन् जुन कुरा एउटा तीक्ष्ण व्यङ्ग्यको रुपमा लिइने गरिन्छ ।

तेस्रो समस्या भनेको किराती दर्शनमा आधारित ज्योतिषहरूको खडेरी हो । किरात ज्योतिष सङ्घको नाममा स्थापित संस्थाका ज्योतिषहरू पनि हिन्दू दर्शनबाट ओत्प्रोत् छन् । उनीहरू हिन्दू दर्शनमा आधारित ज्योतिष परम्पराबाट मुक्त हुनु अर्को विकराल अवस्था हो । ज्योतिषका सबै विधाका व्यक्तिहरू अनिकाल हुनु अर्को समस्या छन् । यसका साथै किरात भाषाको शास्त्रीय बार, दिन, तिथि, मितिको खोजको अभावमा आआफ्नो भाषाबाट ती प्राविधिक शब्दहरू खोज्दाखोज्दै, प्रयोगको अभ्यास गर्दा गर्दै घुमिफिरी रुम्जाटारे नियति हाम्रोसामु त्रासद मुख बाएर बसेको छ ।

हालसम्म समाधान भएका समस्याहरू
विगतमा किरात येÞलेÞ संवत् सम्बन्धमा विभिन्न समस्याहरू थिए । ती विषयमा विभिन्न कालखण्डमा विभिन्न विद्वान् विदुषी तथा सङ्घ संस्थाहरूको सक्रिय सहभागितामा विसद छलफल भई सम्बन्धित सवालहरू समाधान भएका छन् । तिनलाई निम्न अनुसार तालिकीकरण गर्न सकिन्छः
विगतमा उठेका सवालहरू
१) किरात संवत् या यले संवत्को सम्बन्ध के वा कोसँग ?
(किरात सभ्यतासँग ?, येलुङ् (कर्कपेट्रिक अनुुसार), एलम् (बज्राचार्य अनुसार), यलम्ब (माबुहाङ अनुसार), यलम्बर (शर्मा अनुसार) आदि सँग ।

२) कुन नाम चलाउने ?
(किरात संवत्, येल संवत्, यले संवत्, येले दोङ, यल संवत्, किरात एले संवत्, येल थोचे, किरात येले संवत् आदि ।)

३) राज्यबाट मान्यता दिलाउन के गर्ने ?

समाधानहरू
१) …राजा यलम्वरको स्मारक संवत्को रूपमा किरात येÞलेÞ संवत् प्रचलनमा रहेको वा प्रचलन गर्ने (किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी, २००९, घोषणापत्र) निर्णय । अर्थात् किरात सभ्यतासँग नभएर प्रथम किरात राजा यलम्बरको स्मरणमा प्रयोग र प्रचलनमा ल्याइएको संवत् ।

२) २०६६/५/२२ मा संयोजक टङ्कराम सुनुवारको अध्यक्षतामा बसेको किरात समन्वय समितिको बैटकले अब उपरान्त संवत्को नाम “किरात येÞलेÞ संवत्” चलाउने र “संवत्” शब्दलाई आआफ्नो मातृभाषामा चलाउने निर्णय भयो ।

३) २०६६/९/१ मा संयोजक टङ्कराम सुनुवारको अध्यक्षतामा बसेको किरात समन्वय समितिको बैठकले किरात येÞलेÞ संवत्लाई नेपाल सरकारबाट मन्यता प्राप्त गराउन प्रधानमन्त्री, राष्ट्रपति, संविधानसभाका सभाध्यक्ष लगायत प्रमुख राजनीतिक दलहरूलाई ज्ञापनपत्र दिर्ने निर्णय ।

पात्रो प्रचलनको उद्देश्य
पात्रो प्रचलनको सामान्य उद्देश्य भनेको विगत र आगत समयको गणना (reckon) मा सघाउ पु¥याउनु हो । बालीनाली थन्क्याउने समय, महत्वपूर्ण चाडपर्व, विशिष्ट घटनाहरूको सम्झना गराउने काम पनि यसले गर्दछ ।
आदिम कालका बनेका क्यालेन्डर वा पात्राहरू ती पात्राहरू बनाउने व्यक्ति बसोबास गर्ने भूगोलबाट पूरापुर प्रभावित थिए । ठन्डी भेगीय मुलुकमा वर्ष निर्धारणको अवधारणा जाडो या हिउँद याम या ऋतुको अन्त्यसँग सम्बन्धित थियो भने गर्मी भेगीय मुलुकमा ऋतुको बदलामा चन्द्रमा समय गणनाको आधारभूत तत्व बनेको पाइन्छ । “दिन गणनाका लागि चन्द्रमाको सृष्टि भएको हो” भन्ने जुहरूको पुरानो किताबमा लेखिएबाट पनि पछिल्लो कुरालाई थप पुट दिन्छ ।

भनिन्छ, पात्रो सांस्कृतिक संविधान हो जसको अभावमा समाज एककदम पनि अगाडि बढ्न सक्दैन । यसर्थ पात्रो बनाउनु भनेको समाजलाई सहज रुपमा डो¥याउने स्वभाविक यत्न पनि हो ।

पात्रो तथा संवत्का आधारहरू
संसारमा चलनमा रहेका संवत्हरूको गणनाको मूल आधार दुई वटा देखिन्छन्ः चन्द्रमाको गति र सूर्यको गति । यी दुईको संयुक्त रुपको आधारमा पनि पात्रो निर्माण भएको देखिन्छ जसलाई चान्द्र–सौर्य पात्रो भनिन्छ जसको मूल आधार ऋतु हो भन्ने कुरा परिभाषामा पाइन्छ । चन्द्रमाको गतिको आधारमा चलेका संवत्हरूलाई चान्द्र पात्रो (lunar calendar) र सूर्यको गतिको आधारमा चलेका संवत्हरूलाई सौर्य पात्रो (solar calendar) भनिन्छ । चान्द्र पात्रो तिथिमा आधारित हुन्छ भने सौर्य पात्रो गतेमा आधारित हुन्छ । गतेको मूल आधार सूर्य १२ वटा ग्रहहरूमा क्रमैसँग सङ्क्रमण हुने आधारमा निर्धारण हुने गर्दछ । इजिप्टका क्लाउडियस टोलेमी (Claudius Ptolemy) ले २०० बी.सी. अर्थात् आजभन्दा २२ सय वर्षजति अघि राशीहरू पत्ता लगाए अनि जनावर र मिथकीय पात्रहरूको नामको आधारमा तिनको नामाकरण (Illustrated Science Encyclopedia 2010: 132, 133, 174) गरेको मानिन्छ । यसको आधारमा सौर्य पात्रो या गतेमा आधारित पात्रो प्रणाली कान्छो र तिथि वा चान्द्रमा आधारित पात्रो पुरानो मानिन्छ ।

तर चान्द्र वर्षमा पनि दुई प्रकारको गणना पाइन्छ । भारतीय कालचक्रतन्त्रमा आधारित तिब्बती कार्ची पात्रोमा ३६० दिनको एक चान्द्रवर्ष मानिन्छ भने चिनियाँ पात्रो र हिजरी पात्रोमा ३५४ दिनको एक वर्ष मानिन्छ । ३६० दिनको पात्रो अनुसरण गर्नेको नयाँ वर्ष फागुन शुक्लपक्ष परेवाका दिन र ३५४ दिनको पात्रो मान्नेहरूको नयाँ वर्ष माघ शुक्लपक्ष प्रतिपदाको दिन पर्दछ जसलाई वसन्त उत्सवको रुपमा मनाइन्छ (तामाङ, २०१२) ।

प्राचीन कालमा पात्रो (संवत्) को प्रचलन
प्राचीन इजिप्टवासीहरूले हरेक महिना ३० दिन हुने र १२ महिनाको एक वर्ष कायम हुने पात्रो चलाएको पाइन्छ । यसको आधारमा ३६० दिनको एक वर्ष हुन आउँथ्यो । यो सौर्य गतिमा आधारित पात्रो थियो । पछि आएर ४,००० बी.सी.मा उनीहरूले ५ दिन थपेर ३६५ दिनको एक वर्ष बनाए । यसबाहेक इजिप्टबासीले २९ १/२ (२९ दिन र आधा दिन) दिनको चान्द्र धार्मिक पात्रो पनि प्रयोग गदथे । यो कृषि चक्रमा आधारित थियो ।

तर रोमनहरूले जोडा दिनहरू अशुभ हुन्छन् भन्ने अन्धविश्वास राख्थे र उनीहरूले उक्त ३० दिने महिनाहरूलाई २९ र ३१ दिने बनाए भने फेब्रुअरी एउटालाई २८ दिने बनाए । यसपछि उनीहरूको ३५५ दिनको वर्ष हुन गयो । यसको साथमा मर्सिडोनियस नामको २२ वा २३ दिनको थप महिना पनि बनाए जुन हरेक दोस्रो वर्षमा जोडिने गरिन्थ्यो । यस प्रकारको समस्यालाई समाधान गर्नका लागि जुलियस सिजर (Julius Caesar) ले राजआज्ञा पत्र imperial decree जारी गरी ऋतुको आधारमा सौर्य पात्रो बनाउन लगाए जसअनुसार ३६५ दिन ६ घण्टाको एक वर्ष हुन गयो । यस प्रकारको सुधारपछि पनि सूर्यको वास्तविक गतिभन्दा यो पात्रोको सौर्य वर्ष ११ १÷२ मिनेटले लामो हुन गयो । यस काल गणनालाई जुलियन क्यालेन्डर वा पात्रो भनियो ।

जर्मन खगोलविज्ञ रेजियोमोन्टानस (Regiomontanus) को सहयोगमा पोप सिस्टस चौथा (Pope Sixtus IV) ले पूरा गर्न नसकेको यही जुलियन क्यालेन्डरको सुधार कार्य पूरा गर्नका लागि फादर क्रिस्टोफर क्लाभियले सम्पूर्ण गणितीय र खगोलशास्त्रीय काम गरे । त्यसपछि तिनै फादर क्रिस्टोफरको सल्लाह अनुसार पोप ग्रिगोरी तेह्रौँ (Pope Gregory XIII) ले आदेश जारी गरेः १५८२ अक्टोबर ४ बिहीबार जुलियन क्यालेन्डरको अन्तिम दिन हुने छ र अर्को दिन अर्थात् अक्टोबर ५ शुक्रबार हुने छ । यस अनुसार हरेक शताब्दी पूरा नहुन्जेल प्रत्येक चार वर्षमा मलमास (Leap year) हुने भयो । यसपछि पहिला जुलियन क्यालेन्डर भनिएको संवत्लाई ग्रिगोरियन क्यालेन्डर भन्न थालियो ।

यस क्यालेन्डरलाई १५८२ मा क्याथोलिक मुलुकहरू इटली, पोर्जुगल, स्पेन, बेल्जियम, हल्यान्ड र पोल्यान्डले स्वीकार गरे पनि बाँकी मुलुकले पछि मात्रै स्वीकार गर्दै गए । १५८४ मा क्याथोलिक जर्मन र स्वीसले; १५८७ मा हङ्गेरीले; १७०० मा प्रोटेस्टेन्ट जर्मन, स्वीस, डच राज्यहरू, डेनमार्क, नर्वे; १७५२ बेलायत र यसका उपनिवेशरुले; १८७३ मा जापानले; १८७५ मा इजिप्टले; १९१८ मा रुसले; १९२४ मा ग्रीसले; १९२६ मा टर्कीले र १९४९ मा चीनले स्वीकार गरी चलाएको इतिहास पाइन्छ ।

केही मुलुकका संवत्हरू र तिनका महिनाहरू
मुस्लिम मुलुकहरूमा हिजरी संवत् प्रचलनमा रहेको पाइन्छ । हिजरी संवत्का महिनाहरूमा पहिलो महिना मोहररम, सफर, रबिउल अब्बल, रबिउस्सानी, मजादिल अब्बल, मजादिलस्सानि, रजब, शाबान, रमजान, शब्वाल, जिकादा र जिल्हिज्जा हुन भने यी सबै महिनाहरू २९ वा ३० दिनका हुने गर्दछन् । भारतमा शक संवत्लाई राष्ट्रिय संवत्को रुपमा मानिन्छ । चान्द्र तथा सौर्य वर्षमा आधारित शक संवत्लाई भारतीय सरकारले सन् १९५७ मा राष्ट्रिय संवत्को मान्यता दिएको थियो । यो संवत्का महिनाका नामहरू र दिन सङ्ख्यामा चैत्र ३० दिन, वैशाख ३१ दिन, ज्येष्ठ ३१ दिन, आषाढ ३१ दिन, श्रावन ३१ दिन, भाद्र ३१ दिन, आश्विन ३० दिन, कार्तिक ३० दिन, अग्रहायन ३० दिन, पौष ३० दिन, माघ ३० दिन र फाल्गुन ३० दिनका रहेका छन् । यसरी नै सबैभन्दा पुरानो जेविस पात्रो (Jewish Calendar) का महिनाहरूमा निसान (मार्च–अप्रिल, यही क्रमअनुसार ईस्वी संवत्का महिनाहरू पर्न जान्छन्) ३० दिन, लियार २९ दिन, सिवान ३० दिन, तामुज २९ दिन, एइभ ३० दिन, तिस्री ३० दिनका महिना हुन् । यसका साथै क्रमशः हेस्वान, किस्लेभ, टेभट, सेभट, अदार २९ र ३० दिनका महिना हुन भने अन्तिम महिना आदरशेनी पनि २९ दिनको हुन्छ । जसहाङ मादेनकृत येÞलेÞ संवत्को पात्रोमा उल्लेख भएका महिनाहरू कःक्फेÞक्वा, साप्फेÞक्वा, चेÞरेÞनाम्, थेÞरेÞङ्नाम, काप्मेÞप्पा, थक्मेःप्पा, सिसेःक्पा, थेÞसेःक्पा, सिसेःक्रो, थेÞसेःक्रो, सेÞन्छेÞङ्ला र सिसेःक्ला रहेका छन् ।

विश्वमा चलेका केही पुराना संवत्हरूको वर्तमान उमेर
संसारमा प्रचलनमा रहेका संवत्हरूमध्ये चान्द्र तथा सौर्य दुवै प्रणालीमा आधारित जेविस संवत् (Jewish calendar) को वर्ष गणना सन् २०११ मा ५७७१–५७७२ थियो भने सन् २०१८ मा यो ५७७८–५७७९ हुन आउँछ । यसरी नै चन्द्रमा वर्षमा आधारित चिनिया संवत् सन् २०११ मा ४७०८–४७०९ थियो भने सन् २०१८ मा यो ४७१५–४७१६ हुन आउँछ । यसरी नै आदि कोरियाली राष्ट्र निर्माता ताङ्गुन (२,३३३ बी.सी.) (ल्यु, २००६ः ६) को आधारमा कोरियाली संवत् सन् २०१८ मा ४३५१ तथा किरात येÞलेÞ संवत् ३७९७ (खम्बु र अन्य पूर्ववत्, २०१०ः २२८) हुन आउँछ । बुद्ध संवत् सन् २०१८ मा २५६१–२५६२ हो भने सौर्य र चन्द्र वर्षमा आधारित भारतीय राष्ट्रिय संवत् मानिएको शक संवत् सन् २०१८ मा १९३९–१९४० हुन आउँछ । यसरी नै यही सन् २०१८ सालमा विक्रम संवत् २०७४–२०७५, हिजरी संवत् १४३८–१४३९ हुन आउँछ । माया पात्रो आनुसार सन् २०१८ मा ५,१३८ (ब्रुस स्कोफिल्डले The Long and Short of the Mayan Calendar नामक लेखमा डिसेम्बर २००४/जनवरी २००५ मा उल्लेख गरेको माया पात्रो वर्ष ५,१२५ उल्लेख गरेको आधारमा) (httpwww.onereed.comarticlesMayan_Calendar_TMA.pdf) वर्ष हुन आउँछ ।

इतिहासका प्रसिद्ध नायकहरु जस्तै राजा महाराजाहरु वा धर्मका प्रवर्तकहरुको स्मरणमा चलाइएका संवतहरु तथ्यपरक रहेको पाइन्छन् । जस्तै क्राइस्टको स्मरणमा चलेको संवत् यो साल सन् २०१८ पुगेको छ भने बुद्धको स्मरणमा चलेको संवत् २५६१ पुगेको छ । अनि शङ्खधर शाख्वाले गरेको जनताको क्रणमोचन कर्मको स्मरणमा चलेको नेपाल संवत् ११३८ पुगेको छ । यसको विपरीत मिथक वा सभ्यता वा ज्योतिषिय पूर्वानुमानि गणनाका आधारित संवत्हरुको काल गणना लामो भएको पाइन्छ जस्तै यो सालको कलिगत संवत् ५११८ हो । किरात येÞलेÞ संवत् पहिलो कोटीमा पर्दछ अर्थात् नेपालमा शासन गर्ने प्रथम किरात राजा यलम्बरको स्मरणमा चलाइएको हुनाले यो तथ्यपरक हुनुपर्दछ, मिथकको कोटीको होइन ।

किरात येले संवत्को पात्रोको आधार चन्द्र वर्ष
किरातीहरूको ठूला चाडहरू उधौली तथा उभौली पूर्णिमाको आधारमा मानिँदै आएको छ । यसरी नै बलिहाङ चाड पनि औँसी अर्थात् तिथिमा आधारित छ । यी परम्पराहरूले किरात येÞलेÞ संवत् चन्द्र वर्षमा आधारित हो भन्न सकिन्छ भने सामान्यत यो संवत् चन्द्र वर्षमा आधारित संव्त (द काठ्मान्डू पोस्ट, नोभेम्बर १५ र १७, २०६७) रहेको विश्वास जनमानसमा रहेको छ । टोलेमीले राशीहरू पत्ता लगाएपछि र सौर्य वर्षमा आधारित क्रिस्चियन संवत् विश्वमा हावी भएपछि र दक्षिण एसियामा विक्रम संवत् तथा शक संवत् प्रवाही भएपछि गतेमा आधारित पात्रोमा नेपालीहरू अभ्यस्त हुने क्रममा किरातीहरू अछुतो रहने कुरै भएन । यसउसले पछिल्ला किराती पुस्ताले चन्द्र वर्ष या तिथिको आधारमा पात्रो चलाउन नै बिर्सिए । यसो भए पनि किराती समुदायमा रहेको कृषि कर्ममा आधारित व्यहारहरूलाई हृदयङ्गम गर्दा पौष वा माघ शुक्लपक्ष प्रतिपदादेखि परापूर्वकालबाट धुरपूजा भनेर मनाइने यक्वा पूजा वा उभौली पर्व अर्थात् चण्डी पूर्णिमासम्मको समयको लहरमा किरातीहरूको नयाँ वर्ष आरम्भ हुने दिन यतै कतै पर्ने गरेको हुनुपर्छ । जसहाङ मादेनकृत येÞलेÞ संवत् पात्रोमा साप वर्षको याक्थुङ पञ्चाङ्ग (असेक तङ्बेलेÞन् याक्थुङ येÞनलन्) ले पनि यही कुरालाई प्रमाणित गर्दछ । अथवा पछिल्लो समयका अपनाइएको सौर्य पात्रोमा आधारित व्यवहार र परापूर्व कालमा प्रयोग गरिएको चान्द्र पात्रोको समिश्रणको बाटो पनि सहज हुने हो कि ? यस विषयमा विस्तृत छलफल र बहस गरी टुङ्गोमा पुग्नु फलदायी हुन्छ ।

किरात येÞलेÞ संवत्को पङ्चाङ्ग पात्रो प्रयोगका क्रममा देखिएका समस्या
किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको किरात येÞलेÞ संवत् (खम्बू र अन्य पूर्ववत्) को अविछिन्न प्रयोग किरात जातिको जीवनपद्दति नै भएको छ । यसैमा किराती जाति गर्व गर्दछ । तर किरात येÞलेÞ संवत्को व्यवहारिक प्रयोगका क्रममा केही आधारभूत समस्याहरू देखिए । लामो समयसम्म यसको कालगणनालाई प्रामाणिक बनाउने प्रयास नै भएन । पछिल्लो समयमा आएर यस विषयमा विसद् छलफल भएको छ र छलफलले प्रामाणिक परिणाम पनि दिएको छ ।

किरात येÞलेÞ संवत् चन्द्रमा पात्रोमा आधारित संवत् हो भन्ने कुरामा जनविश्वास भए पनि यसबारेमा आधिकारिक निर्णय भएको छैन । करिब एक दशकदेखि किरात येÞलेÞ संवत्को नयाँ वर्ष माघ महिनाबाट आरम्भ हुन्छ भनी मान्न थालिएको छ । यो पद्दति चन्द्रमा पात्रोको विपरीत सौर्य पात्रोको प्रचलन हो । तर वर्तमानमा प्रचलित सौर्य पात्रो पद्दतिसमेतलाई ध्यानमा राखी किरात येÞलेÞ संवत्को छलफलका लागि प्रस्तावित पात्रो चान्द्र–सौर्य पद्दतिअनुसार निर्माण गरियो । यद्यपि यसको मूल आधार चान्द्रपद्धति नै हो ।

तेस्रो समस्या भनेको किराती दर्शनमा आधारित ज्योतिषहरूको खडेरी हो । किरात ज्योतिष सङ्घको नाममा स्थापित संस्थाका ज्योतिषहरू पनि हिन्दू दर्शनबाट ओत्प्रोत् छन् । उनीहरू हिन्दू दर्शनमा आधारित ज्योतिष परम्पराबाट मुक्त हुनु अर्को विकराल अवस्था हो । ज्योतिषका सबै विधाका व्यक्तिहरू अनिकाल हुनु अर्को समस्या छन् । यसका साथै किरात भाषाको शास्त्रीय बार, दिन, तिथि, मितिको खोजको अभावमा आआफ्नो भाषाबाट ती प्राविधिक शब्दहरू खोज्दाखोज्दै, प्रयोगको अभ्यास गर्दा गर्दै घुमिफिरी रुम्जाटारे नियति हाम्रोसामु त्रासद मुख बाएर बसेको छ । यद्यपि हाललाई हामीसँग जेजस्तो आधार छ त्यसैलाई टेकेर अगाडि बढ्नुको विकल्प छैन । त्यही आधारभूमिलाई टेकेर त्यसलाई क्रमागत पूर्णतातिर लाग्नु मानवीय बाध्यता हो ।

छलफलका लागि प्रस्तावित पात्रो निर्माणका लागि अङ्गिकार गरिएका कुराहरू
किरात येÞलेÞ संवत्को व्यहारिक पात्रो निर्माण र प्रयोगका लागि किरातजन्य संस्थाले केही आधारभूत कामहरू सामूहिक र औपचारिक रूपमा गर्नु वाञ्छनीय छ । यसो भए पनि यलम्बर फाउन्डेसनको निर्णय अनुसार नेपाल पञ्चाङ्ग–पत्र निर्माण, व्यवस्थापन तथा प्रकाशन समिति मार्फत् निम्न अनुसारका बुँदाहरूको आधारमा प्रस्तावित पात्रो निर्माण गर्न लागिएको देखिन्छः
(क) किरात येÞलेÞ संवत्को कालगणना ३७९२ (कलिगत आधारित ५०७३) (वि.सं. २०६९–७० मा) ।
(ख) चान्द्र–सौर्य पात्रोको आधारमा येÞलेÞ संवत्को पात्रो निर्माण गर्ने ।
(ग) किरात येÞलेÞ संवत्को नयाँ वर्ष आरम्भको दिन माघशुक्ल प्रतिपदालाई मान्ने ।
(घ) किरात येÞलेÞ संवत्को समयको आधार विन्दु पाटनको पटुकोढोँलाई मान्ने ।
(ङ) सुरुमा संस्कृत वा खस पदावलीहरूलाई उपयोग गरे पनि किरातभाषाहरूको तिथि, महिना, बार आदि अनुसूचीमा राख्ने र क्रमशः सम्बन्धित भाषामा पूर्णता दिँदै जाने/सम्भव भएमा साझा पदावली खोज्ने ।
(च) सबै किराती समुदायबाट प्रतिनिधित्व हुने गरी अविछिन्न रूपमा कार्य गर्ने गरी किरात ज्योतिष सङ्घको आरम्भ तत्काललाई यलम्बर फाउन्डेसनको एउटा इकाईबाट गर्ने आदि ।

छलफलका लागि प्रस्तावित पङ्चाङ्ग पात्रो निर्माणपछि उघ्रिएको नयाँ क्षितिज
किरात येÞलेÞ संवत्को छलफलका लागि प्रस्तावित पङ्चाङ्ग पात्रो राशी पद्धतिमा निर्माण गरिएको छ । तर सोही पात्रोको अनुसूची (पृ.४८–४९) मा उल्लिखित विभिन्न किरात जातिहरूको भाषामा रहेको वर्षहरूको नामको अध्ययन गर्दा प्रायः सम्पूर्ण किरात वंश अन्तरगतका जातिहरू ल्हो परम्परा अर्थात् चान्द्र परम्पराको पात्रो चलाउने रहेछन् भन्ने तथ्य स्पष्ट हुन आउँछ । तर लामो समयसम्म हिन्दू राज्यसत्ताको सेपमा बसेका किरातीहरू हिन्दू पात्रो अर्थात् राशीमा आधारित पात्रो पद्धतीमा बानी परेका छन् । मौलिकतालाई अबलम्बन गर्ने हो भने किरात जातिका पङ्चाङ्ग पात्रो ल्हो अर्थात् चान्द्र पद्धती अनुसार पात्रो निर्माण गरिनुपर्छ । यसको आधारमा माघ १ गते होइन माघ शुक्लप्रतिपदाका दिन किरात येÞलेÞ संवत् फेरिने दिन पर्न आउँछ र यसैलाई नयाँ वर्षको पहिलो दिन मान्नु पर्ने देखिन आउँछ ।

बाँकी समस्या र समाधानहरू
किरात येÞलेÞ संवत्को पात्रो निर्माणका क्रममा देखिएका केही ज्वलन्त समस्याहरू र तिनका समाधानहरू निम्नअनुसार हुन सक्छन्

समस्या
किरात येÞलेÞ संवत्को कालगणना ३७९७ कि कलिगत आधारित ५०७८) हुने ?
येÞलेÞ संवत्को पात्रो चान्द्र या सौर्य पात्रोको आधारमा निर्माण गर्ने ?
किरात येÞलेÞ संवत्को नयाँ वर्ष आरम्भको दिन माघ १ गते या माघशुक्ल प्रतिपदालाई मान्ने ?
किरात येÞलेÞ संवत्को समयको आधार विन्दु पाटनको पटुकोढोँलाई मान्ने कि अन्यलाई ?
किरात ज्योतिषहरूको अभावा कसरी पूरा गर्ने ?

समाधान
ऐतिहासिक एवम् प्रामाणिक कालगणना ३७९७ प्रयोग गर्ने ।
चान्द्र पात्रोको आधारमा किरात येÞलेÞ संवत्को पात्रो निर्माण गर्ने ।
किरात येÞलेÞ संवत्को नयाँ वर्ष आरम्भको दिन माघशुक्ल प्रतिपदालाई मान्ने ।
किरात येÞलेÞ संवत्को समयको आधार विन्दु पटुक राजाको दरबार मानिएको पाटनको पटुकोढोँलाई नै मान्ने ।
सबै किराती समुदायबाट प्रतिनिधित्व हुने गरी अविछिन्न रूपमा कार्य गर्ने गरी किरात ज्योतिष संस्थाको स्थापना गर्ने ।

किरात येÞलेÞ संवत् मान्यताका लागि गर्नुपर्ने थप प्रयासहरू
प्रदेश नम्बर १ को प्रदेश सरकारले अध्ययनबाट प्राप्त किरात येÞलेÞ संवत् सम्बन्धी गणनालाई पुनः अध्ययन गराई मान्यता दिई प्रादेशिक प्रयोगमा ल्याउन वाञ्छनीय छ । यसका लागि सरोकारवाला सङ्घ संस्थाहरुले प्रदेश सरकारलाई झकझकाउनु आवश्यक छ ।

टुङ्ग्याउनी
किरात येÞलेÞ संवत्को पात्रो प्रयोगका लागि किरात जातिहरू आतुर छन् तर तिनका अगुवा संस्था वा व्यक्तिहरू यसप्रति या त अनभिज्ञ छन् कि त असमर्थ वा अकमर्णय छन् । तर अब कुनै बहानाबाजीले काम गर्ने अवस्था छैन । यससम्बन्धी केही प्राज्ञिक कार्यहरू नभएका होइनन् । किरातजन्य संस्थाहरू यसप्रति उपेक्षा भावमा रहेको देखिन्छ । अबको विकल्प अध्ययन क्रममा पत्ता लागेका सत्यतथ्य स्वीकार गरी समाजलाई गुमराहमा राखिनु हुन्न कि त उनीहरूले त्यसलाई तथ्यगत आधारमा चुनौती दिन सक्नुपर्छ र विकल्पको बाटो खुला गर्नुपर्छ । अध्ययनबाट आएको निष्कर्षप्रति अविश्वास हो भने पुनः अध्ययन गरी परीक्षण गरिनपर्छ र अगाडि बढ्नुपर्छ । समय कसैको बसमा हुन्न । यसर्थ समयले सुम्पेको कर्तव्यको बोध गर्नु, जिम्मेवारी बहन गर्नु र क्रमैसँग काम गर्दै जानुमा हामी सबैको कर्मनिष्ठ समीचीनता निहीत छ भन्नु सुशोभनीय नै हुन्छ ।

थप जानकारीका लागि पढ्नुपर्ने सामग्री
पर्वसुधारका आधारहरु, वि.सं. २०६८, प्रकाशकः नेपाल सरकार, सङ्घीय मामला, संविधानसभा, संस्दीय व्यवस्था तथा संस्कृति मन्त्रालय, पर्वसुधार राष्ट्रिय कार्यान्वयन समिति, नेपाल ।
प्रातीन तत्वीय संवत् ल्होकोर च्युङ्नी, सन् २०१२, लेखकः अजितमान तामाङ ।

सन्दर्भ सामग्रीहरु
खस नेपाली खण्ड
खम्बु, बलिराज र अन्य (संपादक), (२०१०), किरात येÞलेÞ संवत् अभिलेख (किरात येÞलेÞ अन्तर्राष्ट्रिय विशेष विचारगोष्ठी, १४–१५, नोभेम्बर, २००९), प्रकाशकः किरात येÞलेÞ संवत् अध्ययन समवन्वय समिति, अनामनगर, काठमाडौँ, नेपाल ।
कन्दङ्वा, देवी प्रसाद (२०६८), परम्परागत येले संवत् रहोस्, निङवा?सो, स्मारिका, वर्ष ४, अङ्क ४, लिवि मञ्च त्रि.वि. शाखा समिति (सम्पादक भीमा माबो र अन्य) ।
तामाङ, अजितमान (जनवरी २०१२), प्रातीन तत्वीय संवत् ल्होकोर च्युङ्नी (तत्वीय खगोलशास्त्रमा आधारित ल्होछार पर्वको परिचय), प्रकाशकः रीमठीम नेपाल, काठमाडौँ ।
माबुहाङ, प्रेमबहादुर र ढुङ्गेल, भूपेन्द्रनाथ (२०४७ दो.सं.), संक्षिप्त नेपाल इतिहास, प्रकाशकः किरात प्रकाशन तथा अभिलेख केन्द्र, ग्वार्को, पाटन, ललितपुर ।
शर्मा, बालचन्द्र (२०३३, ते.सं.), नेपालको ऐतिहासिक रूपरेखा, प्रकाशिकाः विष्णुकुमारी देवी, २३÷११८ दूधविनायक–१ ।

अङ्ग्रेजी खण्ड
Illustrate Science Encyclopedia. 2010. Pub. by BPI Worldwide, United Kingdom.
Lew, Young Ick. 2000. BRIEF HISTORY OF KOREA: A Bird’s-EyeView. Pub. by The Korea Society, New York.
Vajracharya, Dhanavajra and Malla, Kamal P. (1985). The Gopalrajvamsawali, Nepal Research Centre Publication No. 9. Tribhuvan University, Kathmandu.
William, Kirkpatrick. 1811. An Account of the Kingdom of Nepaul. Asian Educational Services (Fourth printed, New Delhi, 1996).

हेरिएको वेबसाइटहरु
httpwww.hebrew4christians.comHolidaysCalendarCalendarIntro.pdf. Visited on March 22, 2012.
httpwww.mayanmajix.comMayan 20Calendar 20Comes20North.pdf. Visited on March 25, 2012.
httpwww.onereed.comarticlesMayan_Calendar_TMA.pdf. Visited on March 25, 2012.
httpwww.rabten.eudownloadscalendar.pdf. Visited on March 22, 2012.
httpwww.templesanjose.orgJudaismInfotimeHebrew_Calendar.pdf. Visited on March 22, 2012

अनुसूचीः (१) धातु र तिनको आविष्कार समय (स्रोतः Illustrate Science Encyclopedia 2010_
Gold and copper were one if the earliest metals to be discovered. Seven metals, known as metals of antiquity, were metals upon which ancient civilizations were based. These metals were known to the Mesopotamians, Egyptians, Greeks, and the Romans. These metals were: gold (6000 BC), copper (4200 BC), silver (4000 BC), lead (3500 BC), tin (1750 BC), iron (1500 BC), and mercury (750 BC) (page 43).
Bronze is an alloy of copper and tin. It is the erliest known alloy. It was discovered around 3000 BC (page 44).

(नाेटः यो सामग्री दुई वर्षअघिको हो, जसका कारण किरात येले संवत् पनि दुई वर्ष अघिकै उल्लेख छ ।)

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here