सिड्नी । अष्ट्रेलियामा आगलागीबाटको क्रममा भोकै भएका पशुपंक्षिका लागि हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न वितरण गरिएको छ ।

न्यु साउथ वेल्स क्षेत्रका पशुपंक्षिलाई ठूलो मात्रामा गाजर लगायत फलफूल वितरण गरेको थियो । जहाँ गत साता आगलागीका कारण करोडौं पशुपंक्षिको मृत्यु भएको थियो । आगलागी प्रभावित जनावरहरुका लागि न्यु साउथ वेल्स राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षण केन्द्रले खाद्यान्न तथा फलफूल वितरण गरेको हो ।

यहाँका जनावरका लागि २ हजार २ सय केजी ताजा तरकारी वितरण गरिएको थियो । सरकारले सफलतापूर्वक रुपमा तरकारी र फलफूल वितरण गरिएको जनाएको छ । गत साताको आगलागीमा करिब ५० करोड जनावरको ज्यान गएको तथ्यांक सारर्वजनिक भएको थियो । फलस्वरुप अष्ट्रेलियामा आगलागीको विकराल अवस्था हुँदा पनि सरकार विरोधी आन्दोलन समेत भएको थियो । अन्नपुर्णपाेस्टबाट

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here