-किवाङ हाङ राई

बाग्मती प्रदेश महेन्द्रपथकै निरन्तरता । नेपालको संविधान २०७२ को प्रस्तावनाको प्याराग्राफ ५, धारा ३, धारा ९(१) र धारा ५१ (क) बिरुद्ध छ नाम बाग्मती ।

बहुलराष्ट्र राज्य नेपालको बिरुद्धमा गुहु र मुतको नदीमा परिणत भएको बाग्मती नामबाट राष्ट्र, राष्ट्रियता बलियो कसरी बन्छ ? नेवार तथा तामाङ मित्रहरु; आउनोस सबै नेपाली पक्षधर जनसमुदाय आउनोस । बहुल राष्ट्र नेपाल निर्माण गरौ ।

पार्टी सिस्टममा कार्यकर्ता भएपछि पार्टी हाइकमाण्डको निर्देशन मान्नु अनिवार्य नै हुन्छ । सत्तारुढ पार्टी नेकपा (एमाले+माओवादी)को ह्वीप लाग्ने सुनिश्चित नै भएको काराणले नै आज ३ नं प्रदेशको नाम बाग्मती प्रदेश र राजधानी हेटौडा तोकिएको कुरा कुनै अनौठो होइन र थिएन तर बागमती प्रदेश बनाउनु भनेको महेन्द्रपथकै निरन्तरता हो भन्ने कुरामा कमरेड प्रचण्डजीलाई हेक्का थिएन कि ?

२०१८ बैशाख १ गते महासामन्त राजा महेन्द्रले १४ अंचल ७५ जिल्लाको प्रशासनिक सुधार गर्दै नेपालको बहुजातीय पहिचानहरुलाई मास्दै एकल भाषा (एकल नश्लीय) देश बनाउने कार्य गरेर नेपाली एकता नेपाली राष्ट्रियतालाई कमजोर पार्ने जग बसाएका थिए । तल्कालिन पल्लो किरात प्रशासनिक क्षेत्रलाई मेची र कोशी, माझ किरात प्रशासकीय क्षेत्रलाई कोशी र सगरमाथा अनि वल्लो किरात प्रशासकीय क्षेत्रलाई सगरमाथा र जनकपुर अंचलमा परिणत गरी आफ्नै पुर्खा नेपाल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नीतिको खिलापमा यो राष्ट्रको बिरुद्ध गम्भीर अपराध गरेकाथिए । अर्थात एकल भाषा एकल भेषको नाममा, हिन्दु राष्ट्रको नाममा बहुल जाति बहुल भाषी र सांस्कृतिक राष्ट्र र राष्ट्रिय एकतालाई बिखण्डन गर्नु सुरु गरेका थिए ।

बिगत जनआन्दोलनहरु जनयुद्धबाट निर्माण गर्ने थालनी भएको बहुलराष्ट्र नेपाल र राष्ट्रिय एकतालाई कर्णाली, गण्डकी, सुदुरपश्चिम गर्दै आज बाग्मती प्रदेश भनेर प्रदेशहरुको नाम दिन लगाएर आज फेरि नेपालको प्रधानमन्त्री केपी शर्माओलीले बहुलराष्ट्र नेपाल र नेपाली राष्ट्रिय एकतामाथि कुठाराघात गर्न पुगेका छन् । यो महासामन्त राज महेन्द्रको एकल नश्लीय पथको निरन्तरता दिएर नेपालको राष्ट्रियतामाथि घोर अपराध गरेका छन् ।

अ त जताततै बाग्मती (प्रदेशको नाम अंचलको नाम, ३ वटा गाउपालिका (नुवाकोट, ललितपुर र मकवानपुर)को नाम र बागमती नदी नाम ) हुने भएको छ । गुहु र मुतको नदीमा परिणत भएको बाग्मती नदीको नामबाट कसरी राष्ट्र, राष्ट्रियता बन्छ ? संविधानकाे धारा ३ लाई कसरी सम्वोधन गर्छ कुन्नि ?

बाग्मती प्रदेश नाम आफैले लेखेको नेपालको संविधान २०७२ को प्रस्तावनाको प्याराग्राफ ५, धारा ३, धारा ९(१) र धारा ५१ (क) बिरुद्ध छ भने बहुलराष्ट्र राज्य नेपालको बिरुद्धमा छ । अब के गर्नु हुन्छ ? नेवा राष्ट्र र तामाङ राष्ट्रका मित्रहरुले । आउनोस् सबै नेपाली पक्षधर जनसमुदाय अब हामी बहुल राष्ट्र नेपाल निर्माणको बाटोमा अग्रसर हौ ।

(लेखक राई अधिवक्ता समेत हुन् ।)

2 COMMENTS

  1. अब प्रदेश ३ लाई बाग्मती बनाईसकेपछि प्रदेश एकलाई कोसी बनाउने बाटो खुलेको छ। आदिवासीको कुनै अस्थित्व नरहने गरि सबै प्रदेशको नामांकन हुने निस्चित भयो। किनकि सरकारले पहिचान पक्षधरको नारी छाम्न प्रदेश तीनको नामांकन गरेको हो। अहिले त्यस्तो खास बिरोध नभएपछि प्रदेश १ को नाम पनि कोसी राख्दा कुनै अप्ठ्यारो नपर्ने पहिचान बिरोधि सरकारले प्रष्ट देख्यो। अब चाँडै प्रदेश एकको नाम पनि पार्टी सचिवालयले कोसी राख्ने निर्देश जारी गर्नेछ।

  2. देशमा संघियता नै आएको छैन । नेवा ताम्सालिङको ठाउँमा बागमती हो कि दागबत्ती आउनु ठीकै हो । अहिले तत्कालै नेवा ताम्सालिङ आएको थियो भने पनि अधिकार बिनाको आउने थियो । अनि हामी युगौ झुक्किने थियौँ ।अब १ नम्बर प्रदेश हाम्रो गुहे खोलै हुनेछ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here