तस्बिरः शान्ति पाख्रिनबाट

मोरङ । मोरङस्थित केराबारी गाउँपालिका–२ सिंहदेवी फाङदुवाका दुईजना कमजोर दृष्टि भएकी दिदीबहिनी बालिकालाई आइतबार न्यानो कपडा दिइएको छ । केही खाद्य सामग्री समेत दिइएको छ । उनीहरुको उद्धारका लागि लेटाङकी समाजसेवी शान्ति पाख्रिन लामाको संयोजकत्वमा सहयोग समिति समेत गरिएको छ ।

भाइरल भएकाे तस्बिर

पुसको जाडोमा पातलो लुगा लगाएर दिदीले बहिनीलाई पिठ्युमा बोकेर डुलिरहेकी ती बालिकाको तस्बिर पाख्रिनले फेसबुकमा राखेकी थिइन् । बालिकाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

तस्बिरः शान्ति पाख्रिनबाट

ती बालिका १२ वर्षीया सोनु राई र ५ वर्षीया आशिका राई भएको खुलेको छ । उनीहरु पूर्णरुपमा दृष्टिविहीन नभएको तर कमजोर दृष्टि भएको बताइएको छ ।

उनीहरुका बुबाको दुई वर्षअघि मृत्यु भएको थियो । उनीहरुको ४५ वर्षीया आमा मनमाया दृष्टिविहीन छन् ।
सोनु १२ वर्ष पुगिसकेकी भए पनि पोषणयुक्त आवश्यक खानाको अभावमा सानी छन् । उनकी बहिनीको पनि उस्तै उमेर अनुसारको जिउ छैन ।

लामाका अनुसार सहयोग समितिको सहसंयोजकमा दिपक न्यौपाने छन् । सदस्यहरुमा दुर्गामाया राई, मिलन राई र युवराज ठकुरी छन् । हाल विभिन्न स्थानबाट मानिसहरूले सहयाेग गर्न थालेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here