माेहन गाेले तामाङ

काठमाडौं । सत्तारुढ दल नेकपाको निर्णायक निर्णयबाट प्रदेश नं ३ को प्रदेश सभाले प्रदेशको नाम ‘बाग्मती प्रदेश’ राखेपछि नेपाल तामाङ घेदुङले सोप्रति गम्भीर असहमति जनाउँदै बाग्मती प्रदेश नामाकरण गरिएको दिन (२०७६ पुस २७ गते) तामाङहरुको इतिहासमा फेरि अर्को कालो दिन दर्ज भएको जनाएको छ ।

घेदुङका अध्यक्ष मोहन गोले तामाङले आइतबार प्रेस विज्ञप्ती निकालेर बाग्मती प्रदेश तामाङहरुले स्वीकार नगर्ने र सोविरुद्ध अन्तिम समयसम्म लडिरहने उद्घोष गरेका छन् ।

‘यो नाम मान्न तयार छैनौ, यसको विरुद्धमा अन्तिम समयसम्म लडिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछौं,’ गोलेले विज्ञप्तीमार्फत भनेका छन् ।

प्रदेश नं ३ को नाम ‘नेवा–ताम्सालिङ प्रदेश’ राख्न माग गर्दै आएकोमा नेकपाले दशवर्षे जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस विद्रोह र आदिवासी जनजाति आन्दोलनको मर्म र भावनाविपरीत प्रदेशको नाम राखेकोमा आफूहरुले आजकै मितिदेखि ताम्सालिङ प्रदेशका लागि दीर्घकालिन संघर्ष गर्ने घोषणा गरेको समेत उनले उल्लेख गरेका छन् ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here