काठमाडौं । आगामी माघ २५ गते हुने नेपाल कानुन व्यवसायी परिषद्को पार्षद पदको निर्वाचनमा नेपाल कानुन व्यवसायी संगठन र संघीय कानुन व्यवसायी एसोसिएशनबीच चुनावी गठबन्धन गरिने भएको छ ।

दुई संगठनबीच आइतबार दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।
नेपाल कानुन व्यवसायी संगठनका अध्यक्ष रुद्र नेपाल र संघीय कानुन व्यवसायी एसोसिएशनका अध्यक्ष दिपक राईले हस्ताक्षर गरेका छन् । जसमा सातवटै प्रदेशमा संयुक्त प्यानल निर्माण गरी पार्षद्को उम्मेदवारी दिने र साझा उम्मेदवारलाई जिताउने दुवै पक्ष इमान्दारिताका साथ लाग्ने उल्लेख छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here