हेटाैडा । प्रदेश नं ३ को नाम बाग्मती प्रदेश घोषणा गरिएको छ । राजधानी भने हेटौडा कायम भएको छ । हेटौडा यसअघि अस्थायी राजधानी तोकिएको थियो ।

प्रदेश सभाको आजको बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको हो । बाग्मती प्रदेशको पक्षमा १०८ मत परेको छ ।
विपक्षमा कुनै मत परेन । प्रदेशको नाम र राजधानी टुंगो लगाउन ११० सदस्यीय प्रदेशसभाको दुई तिहाई (७४ मत) चाहिन्छ । तर, बाग्मती प्रदेशको पक्षमा १०८ मत परेपछि प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बाग्मती प्रदेश घोषणा गरे ।

प्रदेश नं ३ को नाम बाग्मती राख्ने निर्णय सत्तारुढ नेकपाले पहिल्यै गरेको थियो । र निर्णय कार्यान्वयन गर्न पार्टीका सांसदहरुमाथि ह्विप लगाएको थियो ।
प्रदेशको नाम र राजधानी टुंगो लगाउन नेकपा एक्लै समक्षम थियो । किनभने प्रदेश नं ३ मा नेकपाको ८८ जना सांसद छन् ।

कांग्रेसको ८८, नेकपाको २, विवेकशीलको ३ र राप्रपाको १ मत पनि बाग्मती प्रदेशकै पक्षमा परेको छ ।
प्रदेशको राजधानीका बारेमा भने नेकपाभित्र मतान्तर देखिएको थियो ।

राजधानी हेटौडा राख्ने पक्षमा १०५ मत परेको छ । विपक्षमा ३ मत परेको छ । यता, नेकपाका केही आदिवासी नेताहरु बाग्मती प्रदेशको विपक्षमा थिए ।

यता, प्रदेश नं १ लाई आदिवासीहरुले किरात, किरात लिम्बुवान प्रदेश नाम राख्न माग गर्दै आएका छन् । नेकपाले भने नदीहरुकै नाममा प्रदेश नाम राख्ने पक्षमा छन् । प्रदेश नं १ पनि सम्भवतः कोशी प्रदेश हुनेछ । राजधानी विराटनगर नै हुनेछ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here