साैल, दक्षिण काेरिया । नेपाल भ्रमण वर्ष २०२० को प्रचार-प्रसारको लागि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रम गरिएकाे छ ।

नेपाल राजदुतावास दक्षिण कोरिया र एनआरएन दक्षिण कोरियाको आयोजनामा कोरियास्थित होङ्देको टुरिस्ट पार्कमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपालका विभिन्न समुदायको सास्कृतिक झाँकी, नाच देखाउनुका साथै नेपाललाइ चिनाउने विभिन्न पर्यटकीय क्षेत्र तथा स्थानहरुको फोटो प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा कोरियाली सांगीतिक ब्याण्डले पनि प्रस्तुती राखेको थियो । कार्यक्रममा कार्यबहाक राजदुत रामसिंह थापाको प्रमुख आतिथ्यता रहेकाे थियाे र एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुबेदीकाे अध्यक्षता थियाे ।

कार्यबहाक राजदुत थापाले कोरियाली नागरिकलाइ नेपाल भ्रमण गर्नको लागि आह्वान गरिएको थियो । उक्त कार्यक्रममा थुप्रै नेपालीहरुको सहभागिता रहनुका साथै कोरियाली नागरिकहरुको पनि बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here